2026-10-10 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IIFA द्वारा नेपालमा अवार्ड आयोजना गर्ने निर्णयबारे अस्वीकार, कसैको दावीमा जिम्मेवारी नलिने

असार २२, काठमाडौँ | नेपालमा आइफा अवार्ड आयोजना गर्ने विषयमा आफ्नो कुनै निर्णय नभएको भन्दै आइफा आयोजक कम्पनीले अझै पनि नेपाल अईफा आयोजना गर्न दावी गर्ने देशको सूचीमै रहेको बताएको छ । उसले नेपालमा आइफा अवार्ड आयोजना गर्ने निर्णय भएको बिषयमा हल्ला मात्र चलेको भन्दै अस्वीकार गरेको हो । 

चलचित्र पुरस्कारमा आफ्नो महत्वपूर्ण स्थान बनाएको अन्तरराष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कार (आइफा) को बिषयमा नेपालमा विवाद बढ्दै गएको रिपोर्ट पाएको आयोजक कम्पनीले नेपाल अझै पनि नेपालको नाम अईफा आयोजना गर्न दावी गर्ने देशको सूचीमै रहेको टिप्पणी दिएको छ ।  

भारतीय संचारमाध्यमहरुलाई आईफाले दिएको जानकारी अनुसार भारतीय संचार माध्यमहरुले बिभिन्न कोणबाट समाचार हरु लेखेका छन् । समाचार अनुसार नेपालको संसदमा फिल्म एवम् सांस्कृतिक बिषयसँग जोडिएका केहि दलले नेपालमा आइफा अवार्ड आयोजनाको बिषयलाई लिएर विरोध गरेको उल्लेख छ । उक्त समाचारमा आइफाले भारतका संचार माध्यमहरुलाई नेपालमा आइफा आयोजना गर्ने बिषयमा जानकारी दिने क्रममा यो बर्षको पुरस्कारको आयोजक राष्ट्रको लागि नेपालको नाममा अन्तिम फैसला भईनसकेको बताएको समाचारहरु सार्वजनिक भएका छन् ।

भारतीय एक संचार माध्यमले समाचारलेखेको छ ‘सन् २००० मा शुरू भएको आइफा पुरस्कार नेपालमा आयोजनाको बिषयलाई लिएर हालै त्यहाँको संसदले एक प्रस्ताव पारित गरेको थियो । तर नेपालमा अवार्ड आयोजनालाई लिएर विरोध सुरु भएको छ ।’

आइफा आयोजकले एक भनाई जारी गर्दै भनेको  छ कि ‘आयोजकले नेपाललाई यस बर्षको अवार्ड आयोजकको दर्जा अहिलेसम्म दिएको छैन ।’ कम्पनीको भनाई अनुसार आइफा आयोजनाको लागि संसारका कयौं देशको नाममा अझै विचार गरिदैछ र त्यस्तै देशको सूचीमा नेपाल पनि रहेको छ । 

आइफाको आयोजक कम्पनी विजक्राफ्ट इन्टरनेशनलका निर्देशक विज आन्द्रे टिमिन्सले भनेका छन् कि ‘आइफाको सकारात्मक उपलब्धिहरुलाई हेरेर हामीलाई लगातार कयौं देशबाट उनीहरुको शहरमा आइफा आयोजनाको लागि निमन्त्रणा आईरहन्छ । नेपालले यस वर्षको अवार्डको आयोजनाको लागि सम्पर्क गरेको छ तर अहिलेसम्म नेपालको नाम सम्भावितको सूचीमै छ । यदी यस बारेमा नेपालका कुनै संस्थानले कुनै दावी गर्छ भने त्यो सत्य होइन । यस्तै प्रकारको दावीले यदी कुनै कर्पोरेट घराना वा कसैको कुनै नोक्सान भएमा आइफा जिम्मेवार हुनेछैन ।’ 

माथिको तश्वीरमा: आइफाको आयोजक कम्पनी विजक्राफ्ट इन्टरनेशनलका निर्देशक विज आन्द्रे टिमिन्स 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध