2026-10-10 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिल्पा भन्छिन् – ‘मेरो श्रीमानले मलाई मार्नुहुन्छ, सोचेको थिइन’, सम्बन्धविच्छेद हुने पक्का

असार ३१, काठमाडौँ | पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको घर झगडाको बिषयले बजार तातेको छ । यसैमा मंगलबार शिल्पाले छविसंग सम्बन्ध बिच्छेद गर्न लागेको समाचारले नेपाली संचार जगतमा महत्वपूर्ण स्थान पाएको छ । शिल्पा आफैले छविसंग सम्बन्ध बिच्छेद गर्न लागेको स्पष्ट पारेकी छन् । फिल्मी वेवसाइट ‘न्यूज फिल्मी’लाई दिएको भिडिओ अन्तरवार्तामा उनले उक्त खुलासा गरेकी हुन् ।

विवाहको तेश्रो वर्षगाँठ पुर्वनै निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध घरेलु हिंसाको मामिला बनेर प्रहरीकोमा पुगेको थियो । घटना सार्वजनिक भएसंगै त्यसयता उनीहरुको समाचारको बिषय बन्दै आएका छन् । शिल्पा प्रहरीकोमा पुगेपछि छविले माफी मागेका थिए र मिलापत्रमा पनि भएको थियो । तर अभिनेत्री शिल्पाले आफूले डिभोर्सको प्रक्रिया थालेको खुलासा गरेकी छन् ।

शिल्पाले दिएको भिडियो अन्तरवार्तामा भनेकी छन् – ‘मिडियामा मलाइ छविजीले धेरै आरोप लगाउनु भएको छ । म आफै खाना बनाएर खुवाउथे । थोरै जनाको समर्थन छ मलाइ, तर म त्यसैमा खुसी छु । ३ बर्ष चुप लागे त अब म मर्नु ? धेरै गारो भएर पुलिसकोमा गएँ । मेरो इज्जतको ख्याल गरेर ३ बर्ष चुप बसें । ३ बर्ष बसेको मान्छेको माया लाग्दैन र ? मेरो आमा बाबु भन्दा माथि राखेको मेरो श्रीमानले मलाई मार्नुहुन्छ सोचेको थिइन ।’  ‘फोन आउँछ कि भनेर मैले पर्खे । के गर्नुहुँदैछ ? भनेर फोटो हेरी चित्त बुझाउन फेसबुकमा खोजें । ब्लक पो गर्नु भएछ । फोन गरेर केयर गर्नुहुन्छ भनेको त ब्लक पो गर्नु भएछ । मेरो पिडा कसैले बुझेन । कानुनले श्रीमतीको हैसियतले जे दिन्छ म स्वीकार्छु । म त्यो घरमा फर्केर जादिन ।’ 

ओझाले शिल्पालाई सम्बोधन गर्दै लेखेको फेसबुक स्टाटसको संपादित अंशः

शिल्पा जि, 

मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसंग सम्बन्ध बिच्छेद भईसकेपछि तपाईंसंग चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर मायाँ गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एकछिनलाई  आफैलाई नढाटी सम्झनुस् तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाई सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमी-कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस्, आउनुस् हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै मसंग बस्न सक्नुहुन्न भने पनि एक पटक मसंगै आएर टेबलमा कुरा गर्नुस् । मेरो ईतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाई पनि पार्दिन । मैले बिगत ३ दिनदेखि तपाइलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अव मेरो वकिलले भेट्छ भन्नूभयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानू पर्दैन । छवी ओझाको अदालतमा सिधै आउनुस् । तपाइले न्याय पाउनु हुन्छ । 

शुभरात्री ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध