2026-09-19 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारकर्मी गीता अधिकारीको नयाँ तीज गीत बजारमा

साउन ६, काठमाडौँ । सञ्चारकर्मी गीता अधिकारीको दोस्रो गीति क्यासेट ‘तीजमै व्रत बसी…’ आजदेखि बजारमा आएको छ । मिलाप मासिक खबर पत्रिकाको प्रस्तुति रहेको उक्त क्यासेटमा हिन्दू नारीको शिव शक्तिप्रतिको प्रभाव, बाबाले किनिदिएको फरिया र आमाले पकाएको दर खाएर बस्ने व्रतको संस्कृतिले घर–माइतीको सम्बन्धलाई निकट बनाउने सन्देश दर्शाइएको छ । 

पछिल्लो समय तीज पर्वका नाममा विभिन्न स्थानमा हुने जमघट तथा त्यहाँ प्रयोग हुने मदिरा, मासुुजस्ता विषयवस्तुले निम्ताएको विकृतिले तीजका महत्व घट्दै गएको विषयलाई समेटिएको छ । आज आयोजित कार्यक्रममा गीतकार डिआर उपाध्यायले परम्परादेखि चल्दै आएको तीजले सामाजिक विकृति तथा महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान गरेको विचार व्यक्त गर्नुुभयो । 

वरिष्ठ सङ्गीतकार राजु सिंहले मानव सभ्यतालाई सुसंस्कृत बनाउन तीजलाई संस्कृतिका पर्वका रुपमा विकास गरिएको बताउनुुभयो । गीतकार अधिकारीले माइतीसँग मिलन हुने सांस्कृतिक पर्व तीजले विविधतामा एकता थप्ने बताउँदै महिला समुदायले स्थानीय माटोको स्मरण गर्ने हुँदा चेलीको बालापनलाई महत्व दिएर उक्त गीत रचना गरिएको बताउनुभयो । 

उहाँ चलचित्र पत्रकार सङ्घको उपाध्यक्षसमेत हुनुहुन्छ । यसअघि अधिकारीले ‘यतै घमाइलो उतै घमाइलो’ गीति क्यासेट प्रकाशन गर्नुभएको थियो । मिलाप मासिक खबर पत्रिकाका प्रकाशक कृष्ण भुसालले गाउँले जनजीवनमा नारीका व्यथा, पीडालाई तीजका गीतमार्फत बाहिर ल्याउने प्रचलन रहेको बताउँदै गाउँघरमा प्रयोग हुने मौलिक भाषा तथा वेशभूषा संस्कृतिलाई क्यासेटमा सङ्ग्रह गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ