2026-10-10 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिल्पा र छविलाई बहुविवाह मुद्धामा पक्राउ गर्न पुर्जी जारी

साउन ८, काठमाडौं | काठमाडौं  जिल्ला अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि  काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो । उनीहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

छवि र शिल्पाबिरुद्ध बहुबिबाहको मुद्धा छवीकी जेठी श्रीमतीले दर्ता गराएकी थिइन् । छवि र शिल्पाले केही महिना अघिमात्र विवाह दर्ता गरेका थिए । 

केही साता अघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी दिएपछि यो जोडी सामाजिक संजाल तथा नेपाली मिडियाहरुमा दैनिक समाचारका स्रोत बनेका थिए । शिल्पा र छविबीच प्रहरीमा मिलापत्र भएपनि शिल्पाले सम्बन्ध विच्छेदको प्रकृया अगाडी बढाएकी थिइन् ।

छवि र उनकी जेठी श्रीमती हेमाको ३५ वर्षअघि विवाह भएको थियो । श्रीमानसँग अंश लिएपनि संयुक्त परिवारमा बस्दै आएको भन्दै आफूले सम्बन्ध विच्छेद नगरेको हेमाको दावी छ । हेमाबाट अलग्गै बस्न थालेपछि छविले दोस्रो विवाह गितान्जली सुनुवारसँग गरेका थिए, सुनुवारले आत्महत्या गरेपछी तेश्रो श्रीमतीको रुपमा नायिका रेखा थापासंग छविले विवाह गरेका थिए ।  छवि र रेखाको सम्बन्ध १२ बर्षसम्म चलेको थियो ।

माथिका तश्वीरहरुमा: पहिलो तश्वीर (छाविकी जेठी श्रीमती हेमा) दोश्रो तश्विरमा क्रमश छवीराज ओझा, रेखा थापा र शिल्पा पोखरेल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध