2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेनिलि मोडल हन्टको शनिबार छानिने

भदौ २४, काठमाडौं | मोडलिङ सम्बन्धी नेपालकै एकमात्र प्रतिष्ठित् कार्यक्रम ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिमस्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा हुँदैछ । प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले श्रावणको पहिलो सातादेखि प्रशिक्षण सहित तयारी गरेका हुन् । ब्यक्तित्व बिकाश, फोटो सुट, भिडियो प्रोफाइल, सामाजिक संजाल ब्यावस्थापन, ट्राफिक रुल अवेरनेस, नेपाल ब्रेष्ट क्यान्सर फाृन्डेसनको सहयोगमा ब्रेष्टक्यान्सर अवेरनेश, फ्ल्यास मोभ लगाउत उनीहरुको बिभिन्न प्रशिक्षण अहिले अन्तिम सातामा चलिरहेको छ । प्रशिक्षण्को क्रममा उनीहरुलाई सेल्फ मार्केटिङ र सेल्फ मेकअप लगायतको समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

 

प्रतियोगिको प्रतिभा निखार्ने प्रशिक्षकको जिम्बेवारी अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा वनिसा मुल्मि श्रेण, निश्चल श्रेष्ठ लगायतले निर्बाह गरेका थिए । रोजिन शाक्य प्रतियोगीताको मुख्य प्रशिक्षक पनि हुन् । 

प्रतियोगिताकै लागि भनेर भारतिय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नेपाल आइसकेका छन् । कार्यक्रममा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले रÞ्याम्प समेत नाप्ने कार्यक्रममा रहेको छ ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजना हुदै आएको यो प्रतियोगिता ब्यवसाहिक मोडल उत्पादन गर्ने नेपालको पहिलो सौदर्य प्रतियोगीता भएको हो ।

बिगत पाँच बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा एक महिला र एक पुरुष शिर्ष बिजेता छानिने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध