2026-10-10 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिग्री-पाँडेसहित ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा मिडिया हवको उजुरी

कात्तिक ३, काठमाडौं । नेपाल टेलिभिजनबाट बिहिबार बेलुका प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा कपिराइटको उजुरी दिएको छ । प्रहरीमा उजुरी परेपछि ‘सक्कीगोनी’ हास्य टेलिश्रृंखलाका मुख्य पात्रहरु अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीलाई प्रहरीले छलफलको लागि बोलाएको छ । 

महानगरीय प्रहरी परिसर टेकुमा परेको उजुरीमा मिडिया हबले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी दिएको हो । मिडिया हबले ‘सक्कीगोनी’ टेलिश्रृंखलामा ‘भद्रगोल’का पात्रहरुको चरित्रहरु नक्काल भएको आरोप लगाएको छ । मिडिया हबले जिग्री, पाँडे, बले, कक्रोच, सितेबा सहित दर्जनौं, चरित्रहरु मिडिया हबका उत्पादन भएको भन्दै ति पात्रहरुलाई स्थापित गर्न आफूहरुले लगानी गरेको जनाएको छ । 

मिडिया हबले ‘सक्कीगोनी’ टेलीसृंखलामा आफ्ना क्यारेक्टरहरुको प्रयोग रोक्न सकिने आशा सहित प्रहरीमा उजुरी दिएको बुझिएको छ । 

यसअघि भद्रगोलमा काम गर्दै आएका जिग्री-पाँडे सहित दर्जनौं कलाकारको समुहले मिडिया हबको लगानीमा बनेको ‘भद्रगोल’ टेलीसृंखला छाडेर ‘सक्कीगोनी’ सुरुवात गरेका थिए । असोज २ गते बिहिबारबाट ‘सक्किगोनी’ हास्य टेलीचलचित्र नेपाल टेलिभिजनबाट प्रसारण हुन सुरु भएको थियो । जसमा लोकेसनबाहेक पात्रहरु भद्रगोलकै हुन् । मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण गरिराखेको छ । 

नयाँ पात्रहरु राखेर बनाइएको ‘भद्रगोल’मा दर्शकहरुले गाली मात्रै गरेका छन् । जिग्रीपाडे सहित कलाकारहरुले भद्रगोल छाडेपछि नयाँ पात्रहरु हालेर प्रसारण भईरहेको ‘भद्रगोल’को क्रेज ह्वात्तै घटेको छ । 

यता सक्किगोनी निर्माण गरेका जीग्री-पाडेले भने भद्रगोलका सबै क्यारेक्टर आफ्नै सिर्जना भएको दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध