गौरव पोखरेल । काठमाण्डौमा मात्र केन्द्रित हुने गरेको चलचित्र प्रचारलाई केही चलचित्रकर्मीले मोफसलमा पनि अगाडि बढाउने गरेका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल । काठमाण्डौमा मात्र केन्द्रित हुने गरेको चलचित्र प्रचारलाई केही चलचित्रकर्मीले मोफसलमा पनि अगाडि बढाउने गरेका छन्"/>
2026-10-09 07:41 PM
काठमाडौँ - KTM

‘ब्रासलेट’ र ‘छक्का पन्जा’ टिमको दौडधुप

गौरव पोखरेल । काठमाण्डौमा मात्र केन्द्रित हुने गरेको चलचित्र प्रचारलाई केही चलचित्रकर्मीले मोफसलमा पनि अगाडि बढाउने गरेका छन् । चलचित्र रिलिज हुने मुख्य शहरहरुमा पुगेर प्रचार गर्न केही निर्माता अग्रसर देखिएका छन् ।

प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा’ र ‘ब्रासलेट’को टिम चलचित्र प्रचारका लागि मोफसल पुगेको छ । नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा आउँदो भदौ १७ गते रिलिज हुन लागेको चलचित्र ‘ब्रासलेट’ र भदौ २४ मा रिलिज हुने चलचित्र ‘छक्का पञ्जा’का कलाकारहरु प्रचारप्रसारका क्रममा मोफसल पुगेका हुन् । ‘छक्का पन्जा’का निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला मोफसल पुगेर फर्किसकेका छन् ।

‘ब्रासलेट’को टोली भने अहिले पूर्वका विभिन्न शहरमा पुगेको छ । राजधानीमा भन्दा मोफसलमा चलचित्रप्रतिको क्रेज अझ बढि रहेको भन्दै मोफसलका सञ्चारकर्मी र दर्शकहरुसँग साक्षात्कार गरेको दुबै चलचित्रका निर्माताको भनाई थियो ।

हाँस्य कलाकार निर्मल शर्माको निर्देशनमा बनेको चलचित्र ‘ब्रासलेट’ नारीप्रधान चलचित्र हो । यो चलचित्रमा रमेश उप्रेती नायकका रुपमा छन् भने रजनी केसी नायिकाको भूमिकामा छिन् । तीजको अवसरमा रिलिज हुने चलचित्र ‘ब्रासलेट’ले महिलाहरुको कथा बोल्ने निर्देशक निर्मल शर्माको भनाई छ । नायक रमेश उप्रेती एक दशक भन्दा लामो समयपछि चलचित्र क्षेत्रमा फर्किएका हुन् । यसैले, यो चलचित्र उनका लागि पनि अग्निपरिक्षाको रुपमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने