2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

असोज १३, काठमाडौँ | युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

पक्राउपर्नेमा दैनिकखबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी र हरेकपलको खबर  युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी रहेका ब्युरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।  

यस्तै सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौँको पेप्सिकोला बस्ने ३५ वर्षीय पिङ्कला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पनि पक्राउ परेका ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुमाथि आजै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । ब्युरोमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको छ । 

पछिल्लो समयमा युट्युब च्यालनका सामग्रीमाथि धेरै प्रश्न उठ्ने गरेको छ । कतिपय यस्ता च्यानलले प्रसारण गर्ने सामग्रीमा स्रोतको उल्लेख नहुने गरेको, सत्यतथ्यमा आधारित नरहेको तथा मानिसको चरित्रहत्या गर्ने र व्यक्तिगत विषयसमेत सञ्चारमाध्यामबाट सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ । पत्रकार आचारसंहिताकोसमेत ख्याल नगरिएकोसमेत पाइएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध