2026-08-21 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रहेनन् रामायणका ‘रावण’ अरविन्द

सोज २०, काठमाडौं | लोकप्रिय धार्मिक सिरियल ‘रामायण’ मा लंकापति रावणको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राति १० बजे निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

त्रिवेदीको निधनमा ‘रामायण’ मा सँगै अभिनय गरेका अरुण गोविल, सुनील लहरी, दीपिका चिखलियालगायका कलाकार, शुभचिन्तक तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सामाजीक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । 

उनले त्रिवेदीसँगको फोटोसहित गरेको पोस्टमा लेखेका छन्, ‘हामीले असाधारण अभिनेता अरविन्द त्रिवेदीलाई गुमाएका छौ । उनी अभिनेता मात्र होइन, जनसेवक पनि थिए । ‘रामायण’ टेलिशृंखलामा उनले गरेको काम भारतको आउने पिँढीले पनि याद गर्नेछ । अभिनेता त्रिवेदीको परिवार तथा शुभचिन्तकप्रति हार्दिक समवेदना ।’ 

रामानन्द सागरको ‘रामायण’ मा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए । कुनै दीर्घरोग नदेखिए पनि उनको स्वास्थ्य विगत तीन दिनदेखि धेरै बिग्रिएको जानकारी त्रिवेदी परिवारले दिएको छ । हृदयाघात भएपछि उनका अन्य अंगहरूले काम गर्न छाडेका थिए । उनले हिन्दी र गुजराती गरी तीन सय बढी फिल्ममा अभिनय गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध