2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड फिल्म ‘उचाइ’को सुटिङ टोली लुक्लामा

असोज २१ , काठमाडौँ, न्युज कारखाना । बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने फिल्म ’उचाइ’को छायांकनका लागि युनिट हिमालतर्फ लागेको छ । आइतबार काठमाडाैं आइपुगेको टोलीले दुई दिनसम्म उपत्यकाका विभिन्न स्थानमा छायांकन गरेको थियो । स्वयम्भू, एअरपोर्टसँगै युनिट बसिरहेको हायात होटलमा छायांकन सकेर युनिट हिमाली भेगमा पुगेको हो । 

युनिट बुधवार नै लुक्ला प्रस्थान गर्ने तालिका रहे पनि मौसममा आएको खराबीको कारणले गर्दा बिहीबार मात्र उडान सम्भव भएको हो । फिल्मका मुख्य कलाकार अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीसहित दुई सय ५० जनाको टोली फिल्म छायांकनका लागि हिमाली भेगमा करिब एक महिना बिताउने छ । 

नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्य छन् । सुरजले राजश्री फिल्म्सले नेपालमा छायांकन सकेसंगै बलिउडबाट अन्य धेरै सिनेमा छायांकनको लागि आउने आचार्यको विश्वास छ । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर छन्, अरुण रेग्मी । रेग्मीका अनुसार यसको छायांकन मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायतका हिमाली भेगमा हुनेछ । फिल्ममा अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ ।

‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘प्रेम रतन धन पायो’ जस्ता  सफल फिल्मका निर्देशक बडजत्याको यो फिल्ममा केही नेपाली कलाकारहरू पनि जोडिएका छन् । ‘उचाइ’मा एक दर्जनभन्दा बढी व्यावसायिक नेपाली कलाकार, प्राविधक र भरियासहित केही स्थानीय पनि जोडिएको बताइएको छ ।

नेपाली कलाकारहरू परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकार फिल्ममा देखिनेछन् । यद्यपि उनिहरूको भूमिका कस्तो हुने भन्ने विषयमा खुलाइएको छैन । नेपाली कलाकारको कास्टिङ छनोटको काम सिर्जना सूत्रले गरेको हो। 

‘फिल्ममा नेपाली कलाकारहरूले स्थानीयको भूमिका निर्वाह गर्नु हुनेछ’ फिल्मसंग जोडिएका एक सदस्यले भने । उचाइको छायांकन नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङलगायत काठमाडौं र भारतको मुम्बईमा हुनेछ । छायांकनका लागि भारतबाट एक सय ८० जनाभन्दा बढी क्रु मेम्बर नेपाल आएका छन् । फिल्मको छायांकन शुक्रबारदेखि हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध