2026-10-11 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलमा शाहरुखका छोरा आर्यन

असोज २३, एजेन्सी | बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई जेल पठाइएको छ । आर्यनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । 

अदालतले आर्यनको जमानत खारेज गरेपछि उनी जेलमा नै बसेका छन् । ​आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ । अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन । सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरुलाई कोरोना परीक्षण गरिनेछ ।

आर्यनसहितका आरोपीहरुलाई कुनै पनि विशेष व्यवस्था नगरिने भारतीय सञ्चार माध्यमहरुले समाचारमा लेखेका छन् । जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन । उनले घरको खाना खान चाहेमा अदालतको स्वीकृती लिनुपर्ने हुन्छ । 

आर्यनले बाहिरको खाना खाने अनुमति दिएको छैन । जेलमा उनले अरुले जस्तै नियम पालना गर्नुपर्ने हुन्छ । जेलमा बिहान ६ बजे उठ्नुपर्ने व्यवस्था छ । ७ बजे बिहानको खाजा दिइन्छ । बिहानको खाजामा पुवा र सुजीको पिठोबाट बनेको हलुवा दिइन्छ । जेलमा ११ बजे खानाको व्यवस्था हुन्छ । जसमा रोटी, साग, दाल र भात हुन्छ । आर्यनलाई पनि जेलमा घुम्ने वा डुल्ने सुविधा छैन । 

उनलाई वा अन्य जेलमा बस्नेलाई थप खाना चाहिएमा क्यान्टिनमा थप पैसा तिर्नुपर्ने हुन्छ । साँझ ६ बजे खाना दिइन्छ । आर्यनले पनि बाँकी जेलमा बस्नेले जस्तै साथमा प्लेट बोकेर खाना माग्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध