2026-10-11 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो फिल्मको डेट अरुसँग नजुधोस भनेर तय गर्छु’

असोज २३, काठमाडौं,न्युज कारखाना | नेपालमा कोभिड १९ संक्रमणको दोस्रो लहरको प्रभाव कम भएसँगै फिल्म हल खुलेपछि गतिविधि बढ्न थालेका छन् । नयाँ फिल्म प्रदर्शनका लागि पनि मिति तय भइरहेका छन् भने निर्माण र घोषणाले पनि गति लिँदैछ । यसैक्रममा आउँदो वर्ष अर्थात ३० वैशाख २०७९ मा फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज घोषणा गरेको हो । 

नेपालमा २१ असोजबाट हल पुनः खुले पनि नेपाली फिल्मको रिलिज सेड्युल भने सार्वजनिक हुन सकेको छैन । वितरक तथा प्रदर्शक आन्तरिक तयारीमा रहेकाले पनि फिल्मको डेट आउँदो वर्षको वैशाखमा राखिएको निर्देशक दीपेन्द्र के. खनालले बताए । ‘मैले आफ्नो फिल्मलाई कसैसँग डेट नजुधोस भनेर नै खाली डेटमा घोषणा गर्ने गरेको छुँ,’ निर्देशक खनाल भन्छन्, ‘अब हामी नेपाली फिल्मकर्मीले एक अर्काको फिल्मलाई बाधा नपुग्ने गरि फिल्म प्रदर्शन गर्नु पर्छ ।’ उनले आफूले घोषणा गरेको डेटले अन्य फिल्मलाई असर नगर्नेसमेत बताए । 

स्वस्तिमा खड्का र अर्पण थापाको अभिनय रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । दीपेन्द्र के. खनालको निर्देशनमा तयार फिल्ममा स्वस्तिमाको भूमिका सशक्त रहेको बताइएको छ । सामाजिक कथामा तयार फिल्ममा स्वस्तिमा र दीपेन्द्रको यो दोस्रो पटक सहकार्य भएको हो ।

यसअघि यी दुईको टीमअप ‘लभ लभ लभ’मा भएको थियो । फिल्ममा स्टारडम भन्दा कथा र पात्रमा बढी ध्यान दिने भएकै कारण दीपेन्द्र र स्वस्तिमा बीच हुने सहकार्यले फिल्मलाई प्रतिक्षित बनेको छ । फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध