2026-09-19 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशको फिल्ममा अजयको सम्भावना ?

असोज २३, काठमाडौँ, (एजेन्सी) | अजय देवगन पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारर अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । यसैबीच उनले आफ्नो पुराना साथी तथा निर्देशक प्रकाश झासँग हात मिलाएको खबर बाहिरिएको छ । बि-टाउनमा चर्चामा आएको खबरले यी दुईको सम्बन्ध सुधारको संकेतसमेत गरेको छ । केही समययता यी दुईको राम्रो सम्बन्ध थिएन । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउँदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्विकार गरेपछि यी दुईको सम्बन्ध चिसिएको थियो । तर, यतिबेला भने यी दुई एक सोसल ड्रामा बनाउने सल्लाह गरिरहेका छन् ।

बुझिएअनुसार प्रकाश झासँग उक्त फिल्ममा अजय पनि निर्माता हुने चर्चा छ । अजयको अभिनय तथा प्रकाशको निर्देशन रहेको फिल्म दिल क्या करे, गंगाजल, अपहरण, राजनीति, आरक्षण र सत्याग्रहजस्ता फिल्मलाई दर्शकले रुचाएका थिए । पछिल्लो समय अजय अघिल्ला फिल्मझैँ कथा राम्रो हुनुपर्नेमा जोड दिइरहेका छन् । 

यद्यपि पछिल्लो समय निर्देशक झा आफ्नो सिरिज ‘आश्रम’ को नयाँ शृंखला ल्याउने तयारीमा छन् । बबी देओलको प्रमुख भूमिका रहेको सिरिजको छायांकन यतिबेला मुम्बईमा भइरहेको छ । यसपछि उनले ‘जनादेश’ नामक फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । केही समयअघि नेपालमा एक फिल्म फेस्टिभलमा सहभागी हुन् आएका निर्देशक झाले आफू ‘जनादेश’ नामक फिल्मको स्क्रिप्टमा काम गरिरहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो