2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी बनेको थियो- ‘दसैँ आयो’ गीत

असोज २४, काठमाडौँ, न्युज कारखाना | दसैँ आउनै लाग्दा बज्नेमध्येको एक गीत हो ‘दसैँ आयो’ । शेखर कोइराला निर्मित नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ । दसैँ आइसकेपछि यो गीत नसुन्ने र ननाच्ने कमै होलान् । १८ वर्ष अगाडि तयार भएको यो गीतले क्यासेट हुँदै डिजिटल पुस्तासम्मलाई आफ्नो स्राेता तथा दर्शक बनाइसकेको छ । गीतमा सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द र अमुल कार्कीको एरेन्ज  छ । 

गीतको अडियो जति कर्णप्रिय छ, भिडियो उत्तिकै आकर्षक पनि छ । गीतको अडियोले दसैँको आभास दिलाउँछ भने भिडियोले दसैँको रमझम देखाउँछ । यो गीत तयार गर्दा कथाअनुसार गर्नुपर्ने भएकोले संगीतकार अधिकारीलाई सहज थिएन । ‘निर्देशक शिव रेग्मीले चरी र रि भन्ने शब्द ल्याउनु भएको थियो , त्यसमा मैले रहैरहै थपेँ र त्यसलाई गीतको आकार दियौँ’, अधिकारीले भने । 

यो गीतको ऐरेन्ज नेपालमा गरिएको थियो भने रेकर्ड मुम्बईको शान स्टुडियोमा भएको थियो । गीत रेकर्ड गराएपछि मुम्बईमा गायक उदितनारायण झा र गायिका दिपानारायण झाले यो गीतकाे प्रशंसा गरेका थिए । ‘सुरेशजी गीत त धेरै गाइयो तर हामीलाई आउँदो पुस्तासम्म पुर्‍याउनेमध्येको एक गीत यो हुनेछ’ उदीतले दिएको प्रतिक्रिया अहिले सिद्ध भएको संगीतकार अधिकारी बताउछन् । 

उनी पुग्ने प्राय: ठाउँमा दसैँ अगाडि र पछाडि केहि समय यो गीत सुन्ने गरेका छन् । ‘गीतले मलाई जीवन्त राख्नेमा दुइमत छैन ‘ अधिकारी भन्छन् ,’गीतको शब्द, संगीत, स्वरसँगै तयार भएको भिडियोले यसलाई प्रिय बनाउएको छ ।’ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध