2026-10-11 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड स्टारर्सको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस्

असोज २९, काठमाडौं | कोरोना भाइरस (कोभिड १९) को कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदै छ । पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ । 

आउँदो ५ नोभेम्बरमा बलिउडको प्रतिक्षित फिल्म ’सूर्यवंशी’ प्रदर्शनमा आउँदै छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार, कट्रिना कैफ , ज्याकी श्राफजस्ता कलाकारको अभिनय छ ।  यसमा अजय देवगन र रणवीर सिंह पनि देखिनेछन् । यसैले गर्दा यो प्रतिक्षित बनिरहेको छ, किनकि यो मास अडियन्स फिल्म हो । 

भारतको महाराष्ट्रमा फिल्म हल खुल्ने भएसँगै भटाभट फिल्म रिलिज घोषणा भइरहेको छ । यसै सन्दर्भमा फिल्म हल खुलेको र यसको मनोरञ्जन लिन फिल्म ’सूर्यवंशी’ का कलाकारहरू आग्रह गरेका छन् । अक्षय, अजय र रणवीरले एक भिडियोमा हलमा फिल्म हेर्नुको मज्जा छुटै हुने भन्दै दर्शकलाई हल फर्किन आग्रह गरेका हुन् । 

‘दर्शकको ताली र सिठ्ठीले फेरि हललाई गुन्जयमान बनाउने जिम्मा तपाइँको छ, सपरिवार अवस्य आउनु होला’, भिडियोमा स्टारहरूले आग्रह गरेका छन् । यस फिल्मलाई ओटीटीमा रिलिज गर्न धेरै नेटफ्लिक्स, प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारले आग्रह गरेका थिए ।

तर, फिल्म हलमै चलाउने निर्णयमा टीम अडिग रह्यो । कोरोना भाइरसको महामारी आएपछि रिलिज हुन लागेको ठूलो फिल्ममा ’सूर्यवंशी’लाई राखिएको छ । यसले गर्ने व्यापारले भारतमा मात्र होइन, नेपालमा पनि फिल्म रिलिजको तालिका तय हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध