2026-09-19 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुख, आमिर, सलमानदेखि शाहिद कपुरसम्मको ‘विवादास्पद बयान’

कात्तिक ३, काठमाडौं | बलिउडलाई हलिउडपछिको ठूलो फिल्म उद्योग भनिन्छ । यहाँ बन्ने फिल्मको संख्या र कलाकारहरू स्टारडम लोभलाग्दो छ । बलिउड कलाकारका फ्यान विश्वभर छन् । जति ठूलो बलिउड छ, त्यहाँका कलाकारले बोलेको विषयको चर्चा पनि त्यति नै ठूलो हुन्छ ।

बलिउडमा केही कलाकार यस्ता पनि छन्, जो आफूले बोलेकै कारण विवादमा तानिएका छन् । बलिउडका कलाकारलाई यदि कुरा गर्नुछैन भने उनीहरू ‘नो कमेन्ट्स’ भनेर पन्छिन्छन् । तर, कहिलेकाहीँ यस्ता कुरा भनिदिन्छन्, जो विवादको कारण बन्न पुग्छ ।

पछिल्लो समय बलिउडमा ठीकठाक समय नरहेका कलाकार हुन् शाहरुख खान । किंग खानको उपनाम पाएका शाहरुख यतिबेला जटिल अवस्थाबाट गुज्रिरहेका छन् । यिनै शाहरुखले एकपटक ‘म पोर्नस्टार बन्न चाहन्छु’ भनेका थिए । एक अन्तर्वार्तामा उनले यस्तो भनेका हुन् । उनले पोर्नस्टार बन्न मिहिनेत लाग्नेसमेत बताए । यसो भनिरहँदा उनले आफ्नो मजाक आफैँ उडाएका थिए । तर, उनको यो बयानले बलिउडमा हंगामा भयो । केही समयपछि शाहरुखले आफूलाई ‘गिल्टी’ फिल पनि भएको बताएका थिए ।

शाहरुखसँग सम्बन्ध टाढा हुनेमा पर्छन् बलिउडका मिस्टर पर्फेक्ट आमिर खान । यिनै आमिरले एकपटक आफ्नो कुकुरको नाम शाहरुख रहेको बताएका थिए । त्यतिबेला बलिउडमा निकै हंगामा भएको थियो । ‘शाहरुख मेरो खुट्टा चाटिरहेको छ । म उसलाई बिस्कुट खुवाइरहेको छु । मलाई योभन्दा बढी के चाहियो ? तपाईंहरूले यसबारे कुनै कमेन्ट गर्नुअघि नै बताउन चाहन्छु शाहरुख मेरो कुुकुरको नाम हो ।’ आमिरले ठट्टा गर्दै सामाजिक सञ्जालमा लेखे पनि यसले शाहरुखसँगको दुश्मनी बढाउने काम गर्‍याे । आमिरले पनि यो शाहरुखलाई नै इंगित गरेका थिए ।

शाहरुख र आमिरपछि अर्का खान अर्थात् सलमानले विवाद ननिम्त्याउने कुरै भएन । बलिउडमा भाइजान भनेर चिनिने सलमान निकै विवादमा तानिने गर्छन् । यिनै सलमानले एकपटक ऋतिक रोशन र ऐश्वर्या रायमाथि व्यंग्य गरेका थिए । सञ्जयलीला भन्साली निर्देशित गुजारिस फिल्म रिलिज हुँदा उनले ‘कुकुर पनि फिल्म हेर्न गएन’ भन्ने भनाइ एक अन्तर्वार्तामा दिएका थिए । सञ्जयसँग दोस्रो फिल्मदेखि टाढिएका सलमानले ऐश्वर्या भएपछि नबोल्ने कुरै भएन । त्यसपछि ऋतिकसँग पनि सलमानको दूरी बढ्यो । किनकि फिल्म फ्लप भए पनि यसलाई फिल्मकर्मीले रुचाएका थिए । फिल्मले उठाएको मुद्दा र ऋतिकले गरेको अभिनय प्रशंसा यतिबेला पनि हुने गरेको छ । 

बलिउडका कवीर सिंह अर्थात् शाहिद कपुर पनि विवादमा तानिने गर्छन् । आफ्नो स्टारडमलाई फेरि एकपटक व्यूँताएका शाहिद कुनै समय बलिउडकी चमेली अर्थात् करीना कपुरको प्रेममा थिए । प्रेम पछि ब्रेकअपमा परिणत भयो । त्यसबेला यी दुईको फिल्म ‘जव वी मिट’ हिट भयो । त्यसपछि शाहिदलाई प्रश्न तेर्सियो- ‘अब करिनासँग काम गर्ने कि नाइँ ?’ उनले जवाफ दिए- ‘निर्देशक भन्छन् भने म गाईभैँसीसँग पनि काम गर्न तयार छु।’ त्यसले करिनासँग शाहिदको दूरी झनै बढ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो