2026-10-11 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अङ्कितबाबु अधिकारीको ‘कफी क्रस’ सार्वजनिक

माघ २, काठमाडौँ | गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ । 

प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ । गीतलाई भारतको पश्चिम बङ््गालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गर्नुभएको हो । कुनै क्याफेमा कफी पिउँदै गर्दा अर्को टेबलमा बसेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफी जत्तिकै सुन्दर, मीठो अनि माया–लाग्दो ! साँच्चिकै यस्तो अनुभव गर्नुभएको छ भने यो भिडियो पूरा हेर्नुपर्ने अधिकारीको भनाइ छ । 

भिडियोमा एक युवकलाई कफी पिउँदै गर्दा अर्को टेबलमा बसेकी सुन्दरीले आकर्षित गरेको विषय देखाइएको छ । तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक दङ्ग पर्छन् । उनीहरुबीचको आँखा जुधाई, हेराहेर र अन्य भाव–संवादलाई क्याफेको एक वेटरले नजिकैबाट नियालिरहेको हुन्छ । वेटर गीतमा कहिले हास्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमाञ्चक बनेको छ । भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ । 

क्याफेको वेटरको भूमिका अङ्कितबाबु आफँैले पूरा गर्नुभएको छ । “यो गीत एक प्रयोग हो, मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ, यसमा प्रयोग भएका शब्द तथा सङ्गीतले युवा वर्गका कथा भने जस्तो लाग्छ”–उहाँले भन्नुभयो । अङ्कितबाबुका चर्चित गीतमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’लगायत छन् । 

‘ए–सिरिज’ नामक च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन नवीन भट्टले तथा छायाङ्कन अनिश स्याङ्देनले गर्नुभएको हो । नवीनले यसअघि ‘मुना’, ‘वसन्त शिशिर’लगायतका जोड्दार भिडियो बनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध