2026-10-11 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दर्शकले चारवटा गाडी जलाएपछि खेसारीले भने, ‘यसको जिम्मा आयोजकले लिनुपर्छ’

माघ ५, काठमाडौँ | भोजपुरी कलाकार खेसारीलाल यादवले मंगलबार आफ्नो गाडीमा भएको आगजानीबारे मुख खोलेका छन्। 

विराटनगरको बर्जु गाउँपालिकामा मंगरबार भएको बर्जु महोत्सवमा उनी आफ्नो कार्यक्रम गर्दै थिए । तर प्रशासनले उनको कार्यक्रममा रोक लगाए पछि स्थानियले उनको चारवटा गाडी जलाए थिए । 

खेसारीले आफ्नो सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै उक्त घटनामा आफू र दर्शकको कुनै पनि गल्ती नभएको बताएका छन् । 

घटनाको दोष आयोजक पक्षको भएको उनको दाबी छ । ‘दोषी आयोजक हुन्’, उनले भनेका छन्, ‘उनीहरुले कार्यक्रमको स्वीकृती लिए । तर स्वीकृती रद्द भएपछि हामीलाई जानकारी दिएनन् ।’ 

विहान ११ बजेको कार्यक्रम तय थियो । खेसारी साढे सात बजे नेपाल भारतको सिमानामा आइपुगेका थिए । 

कार्यक्रमस्थलमा दर्शकको ओइरो लाग्न थालिसकेपछि प्रहरीले उनीहरुलाई घेरेको थियो । कार्यक्रमा खेसरीसहित ३० जनाको टोली पुगेको थियो । 

प्रहरीले कलाकार यादवलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित स्थानीयले स्टेज तोडफोड र गाडीहरुमा आगजी गरेका हुन् । 

बर्जु गाउँपालिकामा पुस २३ गतेबाट बर्जु महोत्सव आयोजना सुरु भएको थियो । मंगलबार उक्त कार्यक्रमको अन्तिम दिन थियो । 

उनले उक्त घटनामा आफ्नो गल्ति नभएको बताएका छन् । ‘यो घटनामा मेरो गल्ति छैन । म तपाईहरुकै मायाले आएको हुँ । म दर्शक कै लागि भनेर दिनरात मिहेनत गर्दै आएको छु । र सधै मिहेनत गर्ने छु,’ उनले उक्त भिडियोमा भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध