2026-10-11 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुतलीको घर’को मञ्चन स्थगित

माघ ७, काठमाडौँ | नाटक ‘पुतलीको घर’ को मञ्चन स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको गति तिब्र भएकोले आरोहण गुरुकुलले आज शुक्रबारबाट नाटक मञ्चन स्थगित गरेको छ ।  नाटक मञ्चन १४ गतेसम्म स्थगित गरिएको छ ।

‘कोभिड प्रकोपका कारण आज माघ ७ गतेदेखि १४ गतेसम्म आरोहण गुरुकुलको नाटक ‘पुतलीको घर’ को प्रदर्शन रोकिएको जानकारी गराउँछौ । सुरक्षित रहनुहोला’ गुरुकुलका संस्थापक रंगकर्मी सुनिल पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

करिव एक दशकअघि रोकिएको गुरुकुल गत ३० पुसमा कुञ्ज नाटकघर, थापागाउँमा फेरि सुरु भएको थियो । उद्घाटनपछि पहिलो नाटकको रुपमा ‘पुतलीको घर’ मञ्चन थालिएको हो । गुरुकुललाई फेरि पहिलो गाँसमै ढुङ्गा भने झै भएको छ ।

नाटक ‘पुतलीको घर’ नर्वेजियन लेखक हेनरिक जान इब्सनले लेखेको नाटक ‘द डल्स हाउस’ को नेपाली अनुवाद हो । नाटकको नेपाली अनुवाद र निर्देशन सुनील पोखरेल आफैले गरेका हुन् । नाटकमा निशा शर्मा पोखरेल, शेखर चापागाईँ, अन्जु देउजा, सुनील पोखरेल र राजकुमार पुडासैनीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध