2026-09-20 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेखा थापा विवाह, कहिले र कोसँग भयो ?

फागुन २, काठमाडौँ । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन् । यसअघि निर्देशक तथा निर्माता छविराज ओझासँग सम्बन्धविच्छेद गरेपछि रेखाको नाम विभिन्न अभिनेता तथा निर्देशकहरुसँग पनि जोडिएको थियो । 

तर, आफ्नो विवाहको विषयमा रेखाले अहिलेसम्म बाहिर आधिकारिक रुपमा केही बताएकी छैनन् । बरु उनले अहिलेसम्म विवाहको विषयमा सन्चारकर्मीले गरेको प्रश्नमा जवाफ दिँदै आएकी छिन्– विवाहका लागि त केटा चाहियो नि केटा !

यसअघि उनले वैशाखमा विवाह गर्ने तयारी गरेको समाचार बाहिरिएका थिए । यसबारे पनि रेखाले रमाइला खालका जवाफ दिने गरेकी थिइन् । तर, अब उनले विवाह गरेको समाचार बाहिर आउन थालेका छन् ।

१२ माघमा नै उनले अदालतमा गएर कोर्ट म्यारिज गरेको भन्दै समाचार बाहिरिएका छन् । तर, यसबारे रेखा थापाले आधिकारिक जवाफ चाहिँ दिएकी छैनन् । बरु उनले १४ फ्रेबुअरीमा भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्नो फेसबुकमा चाहिँ प्रणय दिवसको शुभकामना दिएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘प्रणय दिवसको शुभकामना । प्रेमको शक्तिले हामी सबैलाई सभ्य, करुणामयी र उदार बनाउँदै जाओस् । डर, दासता र हिंसाबाट मुक्त हुँदै आफूलाई आफूजस्तै मानव देख्न सकौँ ।’

बाहिर आएका समाचारहरुअनुसार चाहिँ रेखाले १२ माघमा नै जाजरकोट घर भएका प्रेमी बलराम शाहीसँग अदालतमा पुगेर विवाह गरेकी हुन् । विवाह गरेकी रेखाले यसबारे कहिले बोल्लिन् ? केही दिन त अब पक्कै पर्खिनु पर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो