2026-10-11 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पाले बनाएको रेकर्ड तोड्दै साउथ मुभी ‘भलीमाई’

फागुन १५, काठमाडौँ । हुमा कुरैसी र तामिल सुपर स्टार अजित कुमारको अभिनय रहेको एक्सन थ्रिलर फिल्म ‘भलीमाई’ ले भारतको फिल्म हलमा हङ्गामा मच्याइरहेको छ।

यस अगाडि पुष्पाले बनाएको रेकर्डहरू यो फिल्मले तोड्ने भारतीय फिल्म समीक्षकहरूको बलिउड हंगामामा दाबी गरेका छन्। एक अर्ब ५० करोड लगानीमा बनेको यो फिल्मले रिलिज अगाडि नै लगानी उठाइसकेको थियो।

पहिलो दिन ग्रस कलेक्सन एक अर्ब पार गरेको फिल्मको दोस्रो दिनको व्यापार ६० करोड आसपास भयो। अजितको फिल्म हिन्दीमा समेत डब गरिएको छ।

हिन्दी फिल्म निर्माण गर्दै आएका बोनी कपुर निर्माता रहेको फिल्ममा बलिउड नायिका हुमाका कारण हिन्दी भाषीमाझ समेत राम्रो व्यापार गरिरहेको छ।

यो फिल्मले एक्लै तामिलनाडु बक्स अफिसबाट मात्रै पहिलो दिन ३७ करोड १७ लाखको व्यापार गरेको थियो। दोस्रो दिन फिल्मले तामिलनाडुमा मात्रै २४ करोड ६२ लाखको व्यापार गरेको छ।

हिन्दी र तेलगु भाषामा समेत डब भएको यसको गति हेर्दा साढे तीन अर्बको व्यापार गरेको पुष्पालाई जित्ने फिल्म व्यापारका जानकारहरूको आङ्कलन छ।

फिल्म समीक्षकहरूले राम्रो प्रतिक्रिया दिएको यो फिल्म नेपालमा पल शाह र पूजा शर्माको ‘ म यस्तो गीत गाउँछु’ र भारतीय फिल्म गंगुबाईसँगै प्रदर्शन भइरहेको छ। नेपालमा ‘म यस्तो गीत गाउँछु’ पछि ‘भलीमाई’लाई दर्शकले रुचाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध