2026-10-11 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व मिस नेपाल श्रृंखलाले पनि दिईन् पल शाह प्रकरणमा आफ्नो टिप्पणी

फागुन १८, काठमाडौँ । अहिले सामाजिक सञ्जाल अभिनेता पल शाह प्रकरणले तातिरहेको छ । अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दाले यतिबेला नेपाली कला क्षेत्रमा ठूलो बहस निम्त्याएको छ। पलनिकट केहीले खुलेर पलको समर्थन गरिरहेको बेला कलाकारहरू खुलेर त्यस किसिमको प्रवृत्तिको विरोधमा उत्रिएका छन्। अभिनेत्रीहरू रेखा थापा, सञ्चिता लुइँटेल, ऋचा शर्मालगायतले खुलेर यस विषयमा धारणा राखेका छन्।

यसैबीच पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि यस प्रकरणमा टिप्पणी गरेकी छन्। उनले वयष्क व्यक्तिले नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु कानूनविपरीत भएकाले त्यस्तो सम्बन्ध अपराध भएको बताएकी छन्। ‘‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ,” उनले भनेकी छन्, ‘‘नाबालिगले नै सहमतिमै सम्बन्ध राख्न चाहे पनि ‘हुन्न’ भन्ने काम वयष्कको हो।”

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खतिवडाले लेखेकी छिन्,‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् ।’

मानिसहरुले एक नाबालिगलाई भन्दा ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुलाई विश्वास नभइरहेको उनको भनाइ छ । यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न नसक्ने उनले बताएकी छिन् । नाबालिग जताततै अन्तरवार्तामा आउनुलाई खतिवडाले अपरिपक्कको संज्ञा दिएकी छिन् ।

पुर्व मिस नेपाल खतिवडाले ती नाबालिगलाई आत्मबल बलियो बनाउन पनि सुझाव दिएकी छिन् । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध भएको उनले स्पष्ट पारेकी छिन् । आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेको भन्दै उनले जसको कारण जीवनभरी नै गहिरो घाउ बनिरहेको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध