2026-10-11 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहविरुद्ध अनुसन्धान पूरा नभएकाले फेरि म्याद थपको तयारी

फागुन २२, काठमाडौँ । एक सातादेखि हिराशतमा रहेका किशोरी बलात्कारका अभियुक्त पल शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको तयारी हुँदैछ। गत सातादेखि प्रहरी नियन्त्रणमा रहेका शाहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। पहिलो पटक अदालतबाट लिएको समय आज सकिँदैछ।

अदालतबाट लिएको समय सकिएको र अनुसन्धान नसकिएकाले प्रहरीले थप म्याद लिएर अनुसन्धान गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालयले आज जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको हो। सात दिनको अवधिमा प्रहरीले अभियुक्तसँग बयान लिने, घटनासँग विभिन्न कारणले जोडिएका मानिससँग बयान लिने र अन्य अपराध पुष्टि गर्ने लगायतका कार्य गरिरहेको छ।

जिल्ला अदालत तनहुँमा शाहमाथि उजुरी दर्ता भएपछि प्रहरीले पल शाहलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो। पुर्जी जारी भएपछि शाह पाँच दिनसम्म फरार भएका थिए। चर्को आलोचना भएपछि पल शाह आफैं प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए।

सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्‍न नेपालको कानुनले बर्जित गरेको छ। यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा १० देखि १२ वर्ष कैद सजायको सम्भावना रहन्छ। शाहविरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा समेत उजुरी दर्ता भइसकेको छ।

शाहले २०७८ वैशाखमा पछिल्लो पटक किशोरीसँग करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। २५ दिनभित्र प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउनुपर्छ।

सरकारी वकिल कार्यलयले प्रहरीको अनुसन्धान चित्त बुझेमा जिल्ला अदालत तनुहँमा मुद्दा दर्ता गर्ने छ। त्यसपछि अदालतमा बहस सुरु हुन्छ। जिल्ला न्यायधीशले त्यसपछि आदेश सुनाउँछन्। पहिलो चरणमा साधरण तारिकमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पूर्पक्षको लागि थुनामा पठाउने मध्ये एक आदेश दिनेछन्।

पूर्पक्षको लागि हिरासतमा पठाउने आदेश भए पल शाहले हिरासतमा नै बसेर मुद्दा खेप्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध