2026-10-11 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै मितिमा घोषणा हुन थाले नेपाली फिल्महरू

चैत ४, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका फिल्महरू अवस्था सामान्य भएसँगै प्रदर्शन डेट घोषणा गर्न थालेका छन् । दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गरिरहँदा फिल्महरूले एउटै डेटसमेत रोज्न थालेका छन् । 

कोरोनाले असर गरेको फिल्महरू एकआपसमा डेट जुध्नु राम्रो त होइन । तर, फिल्मका निर्माता तथा वितरकहरू बिदाको समयलाई नगुमाउने मनस्थितिमा देखिन्छन् । 

एकै हप्ता दुई नेपाली फिल्मले प्रदर्शन मिति बुक गर्न थालेका छन् । यो चाप आउने वर्षको भदौमा देखिएको छ । ३ भदौमा केही दिन अगाडि ‘प्रेमगन्ज’ ले रिलिज घोषणा गरेको थियो । फिल्म १० भदौमा रिलिज गर्ने तयारी गरिए पनि उक्त डेटमा ‘पानीफोटो’ ले रिलिज हुने घोषणा गरेपछि ‘प्रेमगन्ज’ ३ भदौमा प्रदर्शन हुने तय भयो । 

यद्यपि यसको केही समयपछि १० भदौमा ‘प्रकाश’ रिलिज घोषणा भयो । कोरोना महामारीको समयमा फिल्म एकआपसमा जुध्न नहुने चर्चाकै बीच ३ भदौमा ‘कृष्ण लीला’ रिलिज घोषणा भएको छ । भदौको पहिलो हप्ता कृष्णा लीला र प्रेमगन्ज तथा दोस्रो हप्ता पानीफोटो र प्रकाश प्रदर्शनमा आउने भएका छन् । हलिउड र हिन्दी भाषाको फिल्मसँग बचेर डेट घोषणा गर्नुपर्ने बाध्यता नेपाली फिल्मका निर्मातालाई भएकाले पनि फिल्म जुध्ने गरेका छन् । 

नेपाली फिल्मका वितरकहरू हिन्दी  भाषाका फिल्महरू तथा हलिउड फिल्महरूसँग नेपाली फिल्म नजुधाउन सुझाउने गरेका छन् । तर पनि नेपाली फिल्महरू आपसमा भिड्ने गरेका छन् । कोरोनाका कारण प्रदर्शन स्थगित भएका विदेशी फिल्महरू भटाभट प्रदर्शन हुने घोषणा हुँदा त्यसको प्रभाव नेपाली फिल्ममा पनि देखिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध