2026-07-26 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युटूवबाट हट्यो ‘पीर’ गित, यस्तो छ प्रकाश सपुतको स्पष्टिकरण (भिडियो सहित)

चैत ५, काठमाडौँ । राजनीतिक उथलपुथलको चर्चा सहित र विवादकै बीच गायक प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले युट्यूवमा एक करोडको भ्युज पाएको केहि घण्टामै युटुवबाट हटेको छ । छोटो समयमै एक करोड भ्युज भएको नेपाली गीतको रुपमा पीरले किर्तिमान राखेको केहि घण्टामै गित हटाएर नयाँ अपलोड भएको हो ।

करोडले हेरिसकेको गित कसैको दवावमा नभई आफैले हटाएको सपुतले स्पष्टिकरण दिएका छन् । र भिडियो रि-अपलोड गरेका छन् । सपुतले रि-अपलोड गरेको भिडियोमा यौनकर्मी महिलालाई भेट्न गएको जति सिन काटिएको छ । 

रि-अपलोड भिडियोमा सपुतले लेखेका छन्:  

सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा “गलबन्दी”, १५ दिनमा “कुरा बुझ्नपर्छ” र ७ दिनमा “पिर” करोड़ पटक हेरिएको छ। हाम्रो प्रयासको ईतिहास र तपाईको प्रेमको ईतिहास निरन्तर दोहोरीएको छ। एउटा सर्जक र उसको  टिमका लागी र समग्र व्यावसायिक सङ्गीत बजारका लागी यो अपार सफलता हो। तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु। यधपि तपाइँको अमुल्य शुभेच्छा मेरो लागी असामान्य छ। मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु। रेकर्डहरु बनाएको छु। सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन। कहिले काहिँ त लाग्छ ! भयो अब ! पुग्यो । I’m done ! 

खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकश्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने रहेछ कि जस्तो महशुस गराएको छ। सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ। यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने  कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो  बहस हुन जरुरी छ। भैईरहोस। जे होस,  पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्यले,  पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदियो। Unofficial रुपमा त पुरानो भिडियो Save होलान। अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ( नगर्न अनुरोध )  तर लाखौ सब्सक्राईब भएको Pakash Saput official YouTube  मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो। नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो।  त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर  यो बिचमा आएका तपाईंको प्रतिक्रिया,  अग्रज स्रष्टा सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि-अपलोड गरिएको छ। साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु। केहि दृष्यमाथीको आलोचना,  व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको  चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…

यस्तो छ रि-अपलोडेड भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली