पहिलो दिन बक्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पहिलो दिन बक्स"/>
2026-09-20 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘द कश्मीर फाइल्स’ सफलताको पाँच कारण

चैत ११, काठमाडौँ । निर्देशक विवेक अग्नीहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ले दुई सय करोड कमाईको आँकडा पार गरेको छ । यो फिल्मले १३ दिनमै यति धेरै व्यापार गर्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । न त फिल्म निर्माता, कलाकार तथा दर्शकलाई नै थियो ।

पहिलो दिन बक्सअफिसमा ३ दशमलब ५ करोड कमाउने फिल्मले सय करोड पूरा गर्छ भन्ने कल्पना कसैको पनि थिएन । तर फिल्मले त्यो देखाएरै छोड्यो । १५ करोड बजेटमा बनेको यो फिल्मले ठूला-ठूला फिल्मलाई बक्सअफिसमा पानी पिउन बाध्य बनाइदियो । यो फिल्मको सुरुवाती समयदेखि अहिलेसम्मको यात्रालाई हेर्ने हो भने पाँच कारणले बक्सअफिसमा सफल भयो भन्ने मान्न सकिन्छ ।

वास्तविक घटनामा आधारित : ‘द कश्मीर फाइल्स’ हेरेका घाटीबाट ज्यान जोगाउन भागेर आएका कश्मीरी हिन्दु पुराना दिन सम्झेर भावुक भइरहेका छन् । उनीहरुका सन्तानहरु जो १९९० को दशकपछि जन्मिए, उनीहरुले अग्रजबाट त्यसको कथा सुनेका थिए । अहिले उनीहरु नै फिल्म हेरेर त्यहाँको पीडाबोधको अनुभव गरिरहेका छन् । सामाजिक सञ्जालमा कश्मीरका हिन्दुहरु आफूमाथि भएको अत्याचारको बेलीविस्तार लगाइरहेका छन् । कश्मीरको प्रतिनिधित्व नगर्ने व्यक्तिहरु पनि ९० को दशकमा कश्मीरमा के भएको थियो, जसकारण करिब ५ लाख मानिसले आफ्नो घर छोडेर भागेका थिए भन्ने कुरा जान्नलाई फिल्म हेरिरहेका छन् ।

विवादको सहारा : यो फिल्म रिलिज हुनुअघि नै एक फ्यानले प्रश्न गरेपछि निर्देशक विवेक अग्नीहोत्रीले यसबारे विवाद सुरु गरेका थिए । जसकारण उनलाई ‘द कपिल शर्मा’ शोमा प्रमोसनका लागि बोलाइएन । उनले आफूलाई फिल्म प्रमोसनका लागि २५ रुपैंयाँ मागेको उल्लेख गरेपछि राष्ट्रियताको नाममा कपिल शर्मालाई सामाजिक सञ्जालमा ट्रोल बनाउन थालियो । मानिसहरुमा रिसको पारो बढ्यो र ट्विटरमा ‘बायकट द कपिल शर्मा शो’ ट्रेन्ड हुन थाल्यो । मानिसहरुले फिल्मको प्रमोसन आफैं गर्ने निर्णय लिए ।

राजनीतिक समर्थन : ‘द कश्मीर फाइल्स’ निकै शान्त तरिकाले रिलिज भयो । फिल्मको समीक्षा पनि सन्तुलित थियो । यसपछि मानव भावनामा आवेग आयो र यसले आफ्नो चपेटामा राजनीतिक हस्तीलाई पनि पार्यो । सबैभन्दा पहिला हरियाणाको खट्टर सरकारले यसलाई ट्याक्स फ्रि गरिदियो । त्यसपछि धेरै राज्य सरकारले ट्याक्स फ्रि गरिदियो ।

वर्ड अफ माउथ पब्लिसिटी : यो फिल्मको प्रमोसन कुनै ठूलो मञ्चमा गरिएन । तर पनि यो फिल्म हेर्नका लागि थिएटरमा दर्शकको भीड बढिरहेको छ । यसको कारण यो हो कि फिल्म हेरेका दर्शकहरुले परिवार तथा साथीभाईलाई फिल्म हेर्न प्रोत्साहित गरिरहेका छन् । सामाजिक सञ्जाल यो फिल्म हेरेर भावुक भएका दर्शकको भिडियोले भरिएको छ । जसको परिणामा कोरोना महामारीमा फिल्म हलबाट टाढिएका दर्शकहरु अहिले परिवार लिएर यो फिल्म हेर्न गइरहेका छन् ।

सेलिब्रेटीको समर्थन : अभिनेत्री कंगना रनावत हरेक दिन ‘द कश्मीर फाइल्स’ को समर्थनमा इन्स्टाग्राम स्टोरीमा केही न केही शयर गरिरहन्छिन् । अभिनेता आमिर खानले पनि दर्शकलाई यो फिल्म अनिवार्य हेर्न आग्रह गरेका छन् । फिल्मप्रति नकारात्मक धारणा बनाउनेहरु प्रति दर्शकहरु आक्रोशित छन् । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो