2026-10-11 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आरआरआर’ ले उछिन्यो ‘बाहुबली २’ को रेकर्ड

चैत १३, काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो कलेक्सन गरिरहेको छ।शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गर्‍यो, जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो।‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको छ। ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो।

उनीहरूले सार्वजनिक गरेको डेटाअनुसार आन्द्र प्रदेशमा ७५ करोड , निजाममा २७ करोड ५० लाख , कर्नाटकमा १४ करोड ५० लाख , तमिलनाडु १० करोड , केरलामा ४ करोड , नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ।यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशहरूमा २५ करोडको व्यापार गरेको हो। पहिलो दिनमै फिल्मले गरेको यो कमाइ आफैमा कीर्तिमान हो।एसएस राजामौलीको ‘बाहुबली’ ले विश्वभर ७५ करोड कमाएको रेकर्डलाई यसले ब्रेक गरेको हो। ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो। ‘आरआरआर’ ले ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ।

नेपालममा पनि यो फिल्मले पहिलो दिन एक करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ।‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो।बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे। यो स्वाभाविक पनि हो। बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भए कि भएनन् ? यो जिज्ञासा धेरैको देखिन्छ किनकि फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले। पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ।

यद्यपि निर्देशक राजामौलीले दुई स्टारलाई एकसाथ पर्दामा ल्याए। जसका कारण फ्यान झनै उत्साहित बनेका छन्। फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिस विरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध