2026-10-11 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकप्रिय अभिनेता स्मिथले ओस्कर समारोहमा कमेडियनलाई किन हाने थप्पड ?

चैत १४, काठमाडौं । लोकप्रिय अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा  कमेडियन क्रिस रकलाई थप्पड हानेको विषय यतिबेला चर्चामा रहेको छ ।

अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा ९४ औं ओस्कर अवार्ड समारोहमा विल स्मिथले उत्कृष्ट अभिनेताको उपाधि जिते । यद्यपि, यो भन्दा बढी चर्चा यतिबेला उनले हानेको थप्पडको रहेको छ । निकै दिग्गज अभिनेतामध्येका एक विल स्मिथले आफ्नी श्रीमती जाडा पिन्केट स्मिथलाई लागेको रोगलाई कमेडियन क्रिस रकले मजाक बनाएपछि थप्पड हानेका हुन् ।

सोमबार अवार्ड समारोहको क्रममा उनले क्रिस रकमाथि थप्पड हानेर छुट्टै चर्चा पाए । समारोहमा कमेडियन क्रिसले स्मिथकी पत्नी झाडा पिंकेटबारे ठट्टा गरेका थिए । स्मिथ नजिकै बसेकी पिंकेटले अनुहार बिगार्दै रकसँग रिसाइन् ।

त्यसबेलै स्मिथ सरासर स्टेजमा उक्लिएर रकलाई थप्पड हानिदिए । रकले भने प्रतिकार गरेनन् । बरु उनले भने, ‘द्‍याट वाज नाइस !’

केही समययता एलोपेसियाका कारण कपाल झरेपछि पिंकेट स्मिथ त्यसका लागि संघर्षरत छिन् । जुन कुरालाई लिएर कमेडियन रकले सार्वजनिक स्थलमा मजाक उडाइरहेका थिए ।

स्मिथले थप्पड हानेपछि रकले प्रतिक्रिया नदिएर बरु हाँसेका थिए । स्मिथले भने थप्पड हानेर दर्शक दिर्घामा फर्किएपछि पनि रकप्रति गाली गरिरहेका देखिन्थे । उनले भनेका थिए, ‘तिम्रो मुखले मेरी श्रीमतिको नाम नलिउ !’

कतिपय पश्चिमा मिडियाले भने यस विषयलाई लिएर ओस्कर अवार्ड समारोहमा उक्त अवार्ड घोषणा कार्यक्रम भन्दा पनि स्मिथको यो आक्रमण बढी चर्चामा रहेको टिप्पणी गर्न थालेका छन् ।

घटनाको झण्डै ४० मिनेटपछि नै स्मिथ सोही स्टेजमा उक्लिए तर यसपटक उनी सर्वोत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्नका लागि । र यस क्रममा उनले स्टेजबाट पहिलेको घटनाबारे माफी मागेका थिए । तर रकको नाम भने उनले उच्चारण गरेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध