2026-10-11 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झरना थापाको दाबीः “ए मेरो हजुर ४” मा स्टारडमभन्दा कन्टेन बलियो

चैत्र २४, काठमाडौं | “ए मेरो हजुर ४” चलचित्रकी निर्देशक झरना थापाले स्टारडमभन्दा कन्टेन बलियो हुने बताएकी छिन् । “फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउछ नै, तर कन्टेन बलियो नभए त्यसले काम गर्दैन । स्टारद्वारा हलसम्म तानिएका दर्शकलाई  कन्टेनले होल्ड गर्न सक्नुपर्छ,” उनले भनिन् । 

निर्देशक थापाले “ए मेरो हजुर ४” मा अनमोल केसी वा सुहाना थापाको स्टारडमभन्दा फिल्ममा ज्यादा भरोसा रहेको बताएकी छन् । “निर्देशकको रूपमा भन्नुपर्दा यो फिल्मले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ, मलाई त यही नै स्टार लाग्छ,”उनले भनिन् ।

थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । “हामीले के कस्तो काम ग¥र्यौँ भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,” निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

फिल्मको ट्रेलरमा अनमोल र सुहानाको प्रेम, कमेडी र बिछोड देखाइएको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । 

फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध