2026-10-11 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्षय कुमारले किन मागे फ्यानहरुसँग माफी ?

वैशाख १२, काठमाडाैं | चर्चित बलिउड सुपरस्टार अक्षय कुमार बलिउडका सबैभन्दा अनुशासित स्टारको रुपमा चिनिन्छन् । जहाँ पनि समयमै पुग्ने, स्वास्थ्यमा अत्याधिक ध्यान दिने र सामाजिक सेवामा पनि लागि पर्ने बलिउडका खेलाडी कुमारले हालै भने आफ्ना फ्यानहरुसँग माफि माग्नु परेको छ ।

त्यो पनि एउटा विज्ञापनको विषयलाई लिएर । वास्तवमा कुरो के हो भने अक्षयले हालै मात्र पान मसला बेच्ने एउटा कम्पनीको लागि इलाईचीको विज्ञापन गरेका थिए । उक्त विज्ञापनमा अक्षयसँग शाहरुख खान र अजय देवगन पनि थिए ।

यधप्पी पान मसला गुटखा, चुरोट आदीको खुलेर खण्डन गर्ने गरेका अक्षयले आँफै एक पान मसला कम्पनीको विज्ञापन गरेको भन्दै उनको सामाजिक संजालमा खुब आलोचना हुन पुग्यो । उनी ट्रोलको शिकार पनि भए । तत्त पस्चात उनले आफूबाट गल्ती भएको भन्दै फ्यानहरुसँग माफी मागेका हुन् ।

उनले उक्त कम्पनीमार्फत प्राप्त पारिश्रमिक पनि कुनै एउटा राम्रोकामको लागि दान गरिदिने र अब आइन्दा यस्तो गल्ती नदोहोर्याउने पनि घोषणा गरेका छन् ।

सामाजिक संजालमा उनी लेख्छन् , ‘मलाई माफ गरिदिनुहोस्, मेरा फ्यान र मेरा सबै शुभचिन्तकहरुसँग म माफी माग्न चाहन्छु । पछिल्लो केही समयमा तपाईंहरुले दिएको प्रतिकृयाले मलाई अत्यन्तै प्रभावित पारेको छ । मैले कहिल्यै पनि तम्बाकुको प्रचार गर्ने गरेको छैन र आगामी दिनमा पनि गर्ने छैन । तपाईंहरुको भावनालाई कदर गर्दै म यो भन्न चाहन्छु कि मैले केवल उक्त कम्पनीको इलार्इचीको प्रचार गरेको हुँ तर पनि मैले अब उक्त कम्पनीसगँ कुनै पनि कामको लागि नजोडीने निर्णय गरेको छु । मैले हालैको विज्ञापनबाट प्राप्त सबै पारिश्रमिक पनि दान गर्ने निर्णय गरेको छु । मैले उक्त कमपनीसँग गरेको सम्झौताको आधारमा उक्त विज्ञापन केही समयसम्म प्रसारण भने भइराख्ने छ तर आगामी दिनहरुमा यस्ता निर्णय गर्नुपूर्व एकदमै होस् पुर्याउने छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध