2026-10-11 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहको मुद्दामा आज सुनुवाई हुँदै, जेलमुक्त होलान् ?

वैशाख २२, काठमाडौं | बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि आज पेसी तोकएको हो ।

न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पलको मुद्दा पेशी तोकिएको छ । तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र पूर्व नवलपरासीको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए ।

गतसाता पनि उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ भएको थियो । तर दुवै अदालतको आदेशविरुद्ध छुट्टा छुट्टै निवेदन परेकाले दुवै अदालतको आदेशविरुद्धका निवेदनलाई सँगै पेश गर्न आदेश भएको थियो । आज दुवै मुद्दा एकसाथ पेश गरिएको छ । आफूलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने पलको माग छ ।

बयानमा पीडित नावालिकाले प्रहरीलेनै जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको बताएकी छन् । पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरेकी छन् ।

पीडित भनिएकी बालिकाले सरकारी वकिलको रोहवरमा प्रहरीसँग दिएको बयानमा शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् । जसले पल थुनामुक्त हुने सम्भावना बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध