2026-10-11 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउड स्टार विललाई महँगो बन्दै ओस्करको थप्पड, समारोहमा सहभागी हुन देखि फिल्मसम्म रोकियो

वैशाख २५, काठमाडौ | ओस्करमा थप्पड काण्ड हलिउड स्टार विल स्मिथलाई निकै महँगो परेको छ । यो घटनापछि उनको व्यक्तिगत र व्यावसायिक जीवनमा समस्या बढ्दै गएको छ । ओस्कार एकेडेमीले उनलाई समारोहमा सहभागी हुन प्रतिबन्ध लगाएको छ भने उनको आगामी फिल्म ‘ एम्यानसिपेशन’को रिलिज स्थगित भएको छ । यसअघि नेटफ्लिक्सले पनि उनको फिल्मको अर्को भाग नबनाउने घोषणा गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार एम्यानसिपेशनका निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने निर्णय गरेका छन्। निर्माण पक्षले यो फिल्मलाई २०२३ सम्म सार्ने योजना बनाएको छ । यद्यपी यस फिल्मको अर्को रिलिज मितिबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन ।

थप्पड काण्डपछि नेटफ्लिक्सले विल स्मिथ स्टारर फिल्म ब्राइटको दोस्रो भाग नबनाउने निर्णय गरेको छ । तर, नेटफ्लिक्सले फिल्मको अर्को भाग नबनाएकोमा ओस्कर स्ल्याप काण्डसँग यसको कुनै सम्बन्ध नरहेको बताएको छ ।

Oscars ceremony delivers drama as Will Smith slaps Chris Rock | Financial  Times

विल र उनकी श्रीमती जाडा पिन्केटबीच पनि सम्बन्ध बिग्रिएको छ । उनीहरूको सम्बन्धविच्छेदको खबर हलिउड उद्योगमा आएको छ । समाचारका अनुसार विल र जादाबीच कुराकानी बन्द छ । ओस्कार अवार्डमा भएको विवाद दुवैको सम्बन्धविच्छेदको कारण बनेको बताइएको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर ओस्कार अवार्डको घटनापछि यो विवाद गहिरिएको छ ।

रिपोर्टलाई विश्वास गर्ने हो भने यो जोडी छुट्टिएमा जाडाले विलको आधा सम्पत्ति पाउनेछन्।विल स्मिथको कुल सम्पत्ति हाल करिब ३५० मिलियन डलर छ । यदि यस्तो भयो भने यो उद्योग संसारको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ। यो सम्बन्धविच्छेद ब्राड पिट र एन्जेलिना जोली भन्दा महँगो हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध