2026-10-11 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ ४ सय करोडको लगानीमा निर्माण हुने

जेठ ५, काठमाडौँ । साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पाः द राइज’ले भारतीय बक्सअफिसमा आँधी नै ल्यायो । हिन्दी भर्सनमा मात्र १ सय ६ करोडभन्दा माथिको व्यापार गरेको फिल्मको संवादहरु समेत निकै चर्चित भए । अब यो फिल्मको दोस्रो पार्ट निर्माणको तयारीमा छ । सिक्वेललाई निर्माण टिमले अघिल्लो पार्टभन्दा ठूलो बजेटमा निर्माण गर्ने निर्णय गरेको छ ।

              

‘पुष्पा २’ ४ सय करोडको लगानीमा निर्माण हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसको अघिल्लो पार्ट १ सय ९५ करोडमा निर्माण भएको थियो । अघिल्लो पार्टको सफलतापछि निर्माण टिमले दोस्रो पार्टलाई अझ भव्य बनाउन करोडौं खर्च गर्न लागेको हो । सुकुमारको निर्देशनमा बन्ने ‘पुष्पाः द रूल’को केही महिनादेखि तीव्र गतिमा स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

२०२३ को जनवरीबाट छायांकन सुरु हुने फिल्मको दोस्रो पार्टको प्रायः सिनको छायांकन पहिलो पार्ट खिचिएको ईस्ट गोदावरीको मारेदुमिली जंगलमै हुनेछ । सुकुमार छायांकनअघि चार महिना पोस्टप्रोडक्सनमा समय दिने योजनामा छन् । रिलिजको समय सीमाका कारण अघिल्लो पार्टको पोस्ट-प्रोडक्सन हतारमा भएको थियो । यसपटक सुकुमार यो गल्ती दोहोर्‍याउने पक्षमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध