2026-10-11 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास

 जेठ ११, काठमाडौं | ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उदेश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन् ।

उनले युट्युब च्यानल ऊबेला मार्फत गीत र भिडियो सार्वजनिक गरेका हुन् । 

गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट, आत्मविश्वास र अघिल्लो चुनावअघिदेखिको अठोट, अनुसन्धान र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदाताहरुलाई समेत तारिफ गर्नु रहेको नित्यले बताए । 

उनका अनुसार राम्रो कामको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । यस्तो गरेमा अरुलाई पनि राम्रो काम गर्न प्रेरित मिल्ने र प्रशंसा गरिएका व्यक्तिलाई नराम्रो बाटोमा लाग्नुअघि झक्झकाउने उनले जनाए ।

‘नराम्रो बाटो भन्नाले अल्मलमा पर्नु पर्दैन, स्पष्ट छ जनताको लागि काम नगरीकन आफ्नो र आसेपासेको मात्र भलो चिताउने– जस्तो हाल धेरैले गरिरहेका छन्, भ्रष्ट कामकारवाही र भ्रष्टाचारलगायतका कुराहरु पर्छन् मेरो विचारमा’,  नराम्रो बाटो भन्नाले कस्तो भनेर सोधिएको प्रश्नमा नित्यले भने। 

ऊबेला सांगीतिक समूहमा नित्यलगायत उनका बाल्यकालका साथी सुकदेव केसी रहेका छन् । गत महिना ९० को दशकमै तयार भएको तर हालसालै मात्र निकाल्न सकिएको भनेर ‘मलाई लाग्दैन तिम्रो माया’ नामको गीत सुकदेवको स्वरमा सोही च्यानलमा आइसकेको छ । समूहले स्लो रक र ९० को दशकमा चर्चित सांगीतिक स्वादलाई अनुसरण गर्ने र अन्य विधाका गीतहरुमा पनि बिस्तारै काम गर्ने नित्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध