2026-10-11 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्याकलिनलाई विदेश जान अदालतले दियो अनुमति

जेठ १५, काठमाडौँ | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई अदालतले ३१ मेदेखि ६ जुनसम्म विदेश यात्रा गर्न अनुमति दिएको छ । बलिउडका ‘महाठग’ सुकेश चन्द्रशेखरसँग आफ्नो सम्बन्धका कारण प्रवर्तन निर्देशनालय(इडी)को अनुसन्धान परेकी ज्याकलिनलाई अदालतले विदेश जान अनुमति दिएको हो ।

ज्याकलिन आबुधाबीमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कारमा सहभागिताका लागि जान चाहेकी थिइन् । उनले केही समयअघि पटियाला हाउस कोर्टमा युएई, फ्रान्स र नेपाल जानका लागि अनुमति मागेकी थिइन् । तर, प्रारम्भिक निर्णयमा अदालतले उनको अनुमतिलाई अस्वीकार गरेको थियो ।

Jacqueline Fernandez withdraws plea seeking permission for foreign travel -  Hindustan Times

अदालतले कैयौं पटक चन्द्रशेखरका विषयमा ज्याकलिनसँग सोधपुछ गरेको थियो । झण्डै दुई सय करोड रुपैंयाँ मनी लन्ड्रिङ मामलामा सुकेश हाल जेलमा छन् । गत महिना ज्याकलिनको झण्डै सात करोड रुपैंयाँको उपहार र सम्पत्ति इडीले जफत गरेको थियो ।

यसै वर्षको फेब्रुअरीमा इडीले चन्द्रशेखरको कथित सहयोगी पिंकी इरानीविरुद्ध एक पुरक आरोप पत्र दर्ता गराएको थियो । आरोप पत्रमा अभिनेत्री ज्याकलिनको नाम पनि उल्लेख थियो ।

आरोप पत्रमा इरानीले ज्याकलिनका लागि महंगो उपहार छनोट गर्ने र त्यो उपहारमा चन्द्रशेखरले लगानी गर्ने उल्लेख थियो । चन्द्रशेखरले विभिन्न मोडल तथा बलिउड फिल्मकर्मीका लागि झण्डै २० करोड रुपैंयाँ लगानी गरेको आरोप पत्रमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध