2026-10-11 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी-४’ को प्रदर्शन रोकियो

जेठ १७, काठमाडौँ | एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ । बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न्न १२ बजेको शो स्थगित गरिएको एफक्यूबले जनाएको छ । 

पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको हो । मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । 

चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको चलचित्रको टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको कफी सपमा ती युवाले ‘ब्याड टच’ गरेको उनले आरोप लगाएकी थिइन् ।

प्रहरीले उनलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई रिहाइ गर्ने विषयमा विभिन्न संघसंस्थाले प्रहरीसँग छलफल चलाइरहेका छन् । उनको रिहाइको माग गर्दै बिहानैदेखि प्रदर्शन भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध