2026-10-11 04:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्याड टच’ प्रकरण : मिरुनासँगको मिलापत्र पनि दबाबमा गरेको फुर्पाको दाबी

जेठ २०, काठमाडौं | पछिल्ला केहि दिनयता नेपालमा ‘ब्याड टच’ प्रकरणको विषयमा बहस छेडिएको छ।

आफूलाई तीनपटक नियतबस शरीरमा छोएको भन्दै नायिका मिरुना मगरले एक बौद्ध भिक्षुलाई झापड हानेर प्रहरीमा बुझाएपछि यो विषय दुई पक्षमा बाँझिएको छ।

हाल यो विषयमा मिलापत्र भइसकेको छ। यद्यपी नायिका र फुर्पाले पुनः यस विषयमा अभिव्यक्ति दिएपछि यो विषयको बहस सेलाउन पाएको छैन।

नायिकाले लामालाई भाई सम्झिएर माफी दिएको र लामाले गल्ती स्वीकार गरेपछि मिलापत्र भएको थियो।

तर नायिकाले पुनः लामाले आफूलाई नियतबस छोएको हो भनेपछि र लामाले पनि आफू निर्दोष भएको बताएपछि यो विषयमा पक्ष र विपक्षमा मानिसहरुले धारणा राखिरहेका छन्।

आरोपी फुर्पाले प्रहरीसँग गल्ती स्वीकारेका थिए तर बाहिर निस्केर आफू निर्दोष भएको बताइरहेका छन्।

यतिबेला एउटा भिडिओ पनि सार्वजनिक भएको छ जहाँ कामी शेर्पा नामक बुद्धधर्मका एक अगुवाले फुर्पासँग भिडिओ च्याट गरेका छन्। सो कुराकानीमा फुर्पाले मिरुनालाई नियतवस नभइ भीडभाडमा झुक्किएर छुन पुगेको दाबी गरेका छन्।

यस्तै उनले मिरुनासँगको मिलापत्र पनि दबाबमा गरेको बताएका छन्। नायिकालाई मानिसहरूले नराम्रो नभनुनन् भनेर आफूले मिलापत्रमा हस्ताक्षर गरिदिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध