2026-10-11 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुखमाथि पाँच अर्बको लगानी

एजेन्सी | सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’ पछि अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए । तर, उनका फ्यानहरु उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित थिए । अब फ्यानका लागि प्रतिक्षाको घडी सकिएको छ ।

शाहरुखले एकसाथ तीन फिल्मको घोषणा गरेका छन् । जसमा यशराज प्रोडक्सनको व्यानरमा बनिरहेको एक्सन स्पाई फिल्म ‘पठान’, राजकुमार हिरानीको फिल्म ‘डंकी’ र दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमारको फिल्म ‘जवान’ छन् । केही दिन अघिमात्र शाहरुखले ‘जवान’को टिजर सार्वजनिक गरेका थिए ।

शाहरुख खानको नयाँ फिल्म 'जवान'को टिजर रिलिज – Online Khabar

‘शाहरुख एक वर्षमा आफ्ना तीन फिल्मका साथ दर्शकलाई मनोरञ्जन दिन तयार छन् । यी तिनवटै फिल्मको बजेट उच्च छ । तीन फिल्मको कुल बजेट करिब ५०० करोड (पाँच अर्ब)सम्म छ । शाहरुखको स्टारडमलाई हेर्दै निर्माताहरुले उनको फिल्ममा लगानी गर्न कुनै कसुर बाँकी राखेका छैनन्’, स्रोतले भनेको छ ।

फिल्म ‘पठान’ २५ जनवरी, २०२३ मा रिलिज हुँदै छ । फिल्ममा शाहहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया प्रमुख भूमिकामा छन् । फिल्ममा सलमान खानको केमियो पनि छ ।

फिल्म ‘डंकी’मा पहिलोपटक अभिनेत्री तापसी पन्नु शाहरुखसँग रोमान्स गर्दैछिन् । राजकुमार हिरानीको निर्देशन रहने फिल्म कमेडीसँगै इमोसनल ड्रामा फ्लेभरको हुनेछ । फिल्म २२ डिसेम्बर, २०२३ मा रिलिज हुनेछ ।

फिल्म ‘जवान’मा शाहरुखका अलावा नयनतारा, सान्या मल्होत्रा, सुनील ग्रोवरलगायतका कलाकारको अभिनय छ । फिल्म २ जुन २०२३ मा रिलिज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध