2026-08-21 11:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला

जेठ २२, काठमाडौं | अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा पाइला चालेका छन् । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मबारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो ।

फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द सृजनन, सुभाष भुसालको संगीत तथा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । भिडियोमा आकाश र प्रमिला फिचर्ड छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

अभिनेता तथा निर्देशक खनालले आफ्नो फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । ‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला, तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु । फिल्म मनोरञ्जनको माध्यम हो । तर, हामीहरू जस्तो मान्छेले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ’, उनले भने ।

अभिनेता आकाशले सरोज खनालजस्तो कलाकारको निर्देशनमा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । फिल्ममा भूमिका सानो भएपनि प्रभावकारी रहेको उनको भनाइ छ । नवअभिनेत्री कार्कीले मुर्धन्य कलाकारहरुसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । फिल्मका निर्माता सुरेश वाग्लेले कथावस्तुले मन छोएपछि लगानी गर्न तयार भएको बताए ।

फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ ।

फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल