2026-10-11 04:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धमाधम रद्द हुँदै अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’को शो

जेठ २६, मुम्बई | अभिनेता अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ले रिलिजको पहिलो दिनदेखि नै दर्शकलाई निराश बनाउदै आएको छ । यो वर्ष खेलाडी कुमार अक्षयका लागि खासै उल्लेख्य रहेन । यसअघि उनको फिल्म ‘बच्चन पाण्डे’ले बक्सअफिसमा पानीसमेत माग्न पाएन ।

अक्षय कुमारको 'सम्राट पृथ्वीराज'ले पाएनन् दर्शक, धेरै ठाउँमा शो रद्द «  रिपोर्टर्स नेपाल

फिल्मले बक्सअफिसमा उल्लेख्य कमाई गर्न सकेको छैन । जसका कारण हलवालाले धमाधम फिल्मको शो रद्द गरिरहेका छन् । जिरो अक्युपेन्सीका कारण फिल्मको कैयौं शो रद्द गर्नुपरेको हो । फिल्मको बिहानीको शोको टिकट बिक्री शून्यमा  झरेपछि फिल्मले व्यापार नगर्नेमा व्यापार विश्लेषकले अनुमान लगाइसकेका थिए ।

यो फिल्मका साथ कमल हासनको ‘विक्रम’ र अदिवी शेषको फिल्म ‘मेजर’ रिलिज भएको थियो । ‘मेजर’ले हालसम्म ५० करोडमाथिको कमाई गरिसकेको छ । उता कमलको फिल्मले बक्सअफिसमा नयाँ रेकर्ड बनाइरहेको छ ।

अक्षयको फिल्मको प्रोडक्सन मूल्य २ सय करोड बताइएको छ । तर, टिकट बिक्रीको अनुपात हेर्दा यो फिल्म ‘बच्चन पाण्डे’पछि अक्षयको लगातार दोस्रो फ्लप फिल्म बनेको छ । चन्द्रप्रकाश द्विवेदीको यो फिल्ममा मानुषी छिल्लर, सोनू सूद र सञ्जय दत्तको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध