2026-10-11 04:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री श्रद्धा कपूरका भाइ प्रहरी हिरासतमा

जेठ ३०, काठमाडौं | बलिउडका फिल्म अभिनेता सिद्धान्त कपूरलाई प्रहरीले पक्राउ गरेको छ । कलाकार शक्ति कपूरका छोरा तथा अभिनेत्री श्रद्धा कपूरका भाइ सिद्धान्त कपूरलाई बैंग्लोर प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रहरीका अनुसार सिद्धान्त कपूरको ड्रग टेस्ट पोजिटिभ पाइएको छ । आइतबार बैंग्लोरस्थित पार्क होटलको पबमा सिद्धान्तलाई डीजेको रुपमा आमन्त्रण गरिएको थियो ।

उक्त पार्टीमा प्रहरीले छापा मारेर ३५ जना व्यक्तिको मेडिकल टेस्ट गरेको थियो । जसमा ६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । ती छ जनामध्ये एक व्यक्ति शक्ति कपूरका छोरा सिद्धान्त हुन् ।

शक्ति कपूरले सञ्चार माध्यमसंग कुरा गर्दै भनेका छन् –‘यो सम्भव छैन मात्र भन्न सक्छु ।’

यद्यपि, बैंग्लोर प्रहरीका अनुसार जुन व्यक्तिलाई ड्रग लिएको आधारमा दोषी पाइएको छ, उनीहरु मध्ये एक सिद्धान्त कपूर पनि हुन् । प्रहरी अहिले उक्त कुराको अनुसन्धान गरिरहेका छन् । उनले होटलमा आउनु अगाडि ड्रग लिएका थिए भने होटलको पार्टीमा पनि ड्रग लिएको बताइन्छ ।

सिद्धान्त कपूरले शूटआउट एट वडाला, चेहेर, अगली जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध