2026-10-11 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कबड्डी ४’ को नयाँ रेकर्डः बन्यो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म

जेठ ३०, काठमाडौं | नेपाली फिल्म ‘कबड्डी ४’ले नयाँ रेकर्ड राखेको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

‘कबड्डी ४’ फिल्मले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । उक्त फिल्म रिलिज भएको तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ कलेक्सन गरेको तथ्यांक बाहिर आएको छ । यसअघि ‘छक्का पन्जा ३’ ले १६ करोड कमाएको थियो।

यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण भने आउन बाँकी नै छ ।

‘फाइनल म्याच’ भनिएको फिल्ममा काजीको बिहे हुन्छ कि हुँदैन भन्ने कथा प्रस्तुत गरिएको छ। यसलाई दर्शकहरूले निकै रुचाइरहेका छन्। गत शुक्रबार हलिउड फिल्म ‘टप गनस् मेभरिक’ र भारतीय फिल्म ‘विक्रम’ र ‘सम्राट पृथ्वीराज’ प्रदर्शन हुँदा पनि ‘कबड्डी ४’ ले नै उच्च शो हासिल गरेको छ। 

फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइसँगै फिल्मले सबैभन्दा धेरै कमाउने ‘छक्कापञ्जा ३’को कीर्तिमान पनि तोडेको छ । दीपकराज गिरीको उक्त फिल्मले पनि २० करोड कमाइ गरेको जनाइएको छ ।

भारतीय फिल्म ‘बाहुबली २’ को कुल कमाइ नेपालमा २३ करोड जनाइएको छ । भारतीय फिल्मको यो कीर्तिमानलाई पनि ‘कबड्डी ४’ले उछिन्ने प्रक्षेपण छ । ‘कबड्डी ४’ शुक्रबारदेखि भारतमा पनि प्रदर्शन हुँदैछ ।

कबड्डी ४ ले बनाएका रेकर्ड

१. सर्वाधिक शो पाउने फिल्म

२. उच्च अग्रिम टिकट बुकिङ हुने फिल्म

३. पहिलो दिन सबभन्दा धेरै कमाउने फिल्म

४. पहिलो साता सबभन्दा धेरै कमाउने फिल्म

५. अष्ट्रेलियामा धेरै कमाउने फिल्म

६. दोस्रो साता धेरै कमाउने फिल्म

७. सर्वाधिक कमाइ गर्ने फिल्म

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध