2026-10-11 04:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !

असार ५, काठमाडौं | सन् १९८०-९० को दशकका स्टार तथा सुपरस्टारको कुरा गर्ने हो भने अभिनेता गोविन्दाको नाम छुट्दैन । उनी नम्बर एक नै थिए । त्यो क्रेज अहिले पनि उत्तिकै छ । तर बलिउडमा नम्बर एक हुन गोविन्दाको मेहनत र संघर्ष उत्तिकै प्रेरणादायी छ ।

गोविन्दाको जन्मअघि उनको पिता आर्थिक संकटको सिकार भएका थिए । उनले निर्माण गरेको फिल्म असफल भएपछि ऋणदाताले उनलाई घरबाट निकालिदियो । त्यसपछि उनी सडकमा आए । सडकमा आए पनि उनको जिन्दगी जसोतसो चलिरहेको थियो ।

गोविन्दाको बाल्यकाल पनि अभाव र संकटमै बित्यो । जब एकदिन उनले आमा र परिवारको पारिवारिक अवस्था थाहा पाए, त्यसपछि उनी काम गर्न थाले ।

१३-१४ वर्षको उमेरमा गोविन्दाको अनुहारमा दाह्री जुँगा देखिन थालेपछि उनले आफूलाई वयस्क भएको महसुस गर्दै काम खोज्न थाले । उनी त्यो बेला दैनिक रूपमा राजश्री प्रोडक्सनमा पुगेर काम माग्थे ।

उनले १३ वर्षको उमेरमै एक किसिमको सफलता पाए । किनकि उनलाई एकसाथ ७५ फिल्मको अफर आएको थियो । उनले सबै फिल्ममा कामका लागि सम्झौता गरे । आर्थिक संकटबाट गुज्रिरहेका गोविन्दाले कुनै पनि प्रस्तावलाई अस्वीकार गरेनन् । तर यी फिल्ममा सम्झौता गर्दा भने उनको स्वास्थ्य अवस्था बिग्रियो ।

यति धेरै फिल्ममा अनुबन्धित भएपछि गोविन्दाले डबल सिफ्टमा काम गर्न थाले र त्यसको थकानले उनी बिरामी भए । त्यही बेला उनलाई दिलीप कुमारले सम्झाए र उनले २५ फिल्मलाई अस्वीकार गर्न गोविन्दालाई सुझाव दिए । लगत्तै गोविन्दाले दिलीपको प्रस्तावलाई मान्दै २५ फिलम अस्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध