2026-10-11 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्ट फिल्म अवार्डमा ‘थर्ड आई’ उत्कृष्ट

असार ९, काठमाडौं | दुई दर्जन नेपाली सर्ट फिल्म बीचको प्रतिस्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म’को अवार्ड आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ले जितेको छ । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनले आयोजना गरेको ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा ‘थर्ड आई’ उत्कृष्ट भएको हो ।

प्रतिस्पर्धामा ‘थर्ड आई’का लागि ‘सोसियल फिल्म’तर्फको ‘उत्कृष्ट निर्देशकको अवार्ड’ आशुतोष अधिकारीले, अभिनेत्रीतर्फ ‘जुरी अवार्ड’ अभिनेत्री कमला अधिकारीले र केडी प्रसितले ‘सह–अभिनेता’को अवार्ड जिते ।

प्रतिष्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक’को अवार्ड फिल्म ‘अवसान’बाट कल्याण अधिकारीले जित्दा ‘उत्कृष्ट अभिनेता’को अवार्ड प्रदीप बाँस्तोलाले र ‘अभिनेत्री अवार्ड’ फिल्म ‘म मेरी बहिनी र उ’बाट सुजाता तिमल्सिनाले पोल्टामा पारिन् ।

त्यस्तै फिल्म ‘दानव’बाट मोहम्मद रफी शाहले निर्देशनतर्फ नै ‘जुरी अवार्ड’, फिल्म ‘१२ ए एम’बाट ‘नवनिर्देशक अवार्ड’ दिवश गिरीले जिते । ‘उत्कृष्ट छायाँकार’को अवार्ड फिल्म ‘कलेज लाइफ’बाट मनोज चौधरीले, ‘उत्कृष्ट सम्पादन’को अवार्ड फिल्म ‘इति’बाट नवीन निरौलाले प्राप्त गरेका छन् ।

‘नव–अभिनेता’को अवार्ड ‘द टाईम’बाट अभिषेक खकुरेलले हात पार्दा यही फिल्मबाट सुदीप कुँवरले ‘नव–निर्देशक’को अवार्ड चुमे ।

नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा फिल्म निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णुप्रसाद सुवेदी, अभिनेता विकास चापागाईं, गजित विष्ट, गोपाल ढकाल ‘छन्दे’ र फिल्म लेखक शिवम अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध