2026-10-11 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्रस्व दीर्घमा कमेडियन ब्रह्मानन्दम अनुबन्धित

असार १५, काठमाडौँ |  नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता  ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् । निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहने फिल्ममा चन्द्र पन्तको निर्देशन रहनेछ । निर्देशक पन्तले ब्रह्मानन्दमसँग सम्झौता गरेका छन् ।

ह्रस्व दीर्घमा ब्रह्मानन्दम अनुबन्धित – Nepal Press

कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दम संसारकै सर्वाधिक धेरै फिल्म खेल्ने जीवित कलाकारको गिनिज वल्ड रेकर्ड होल्डर हुन् । तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन् ।

ब्रहमानन्दमले धेरै फिल्म अभिनयको गिनिज रेकर्ड समेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसँग ’सूर्यवंसम’ गरेयता बलिउडका समेत कुनै फिल्ममा खेल्न तयार भएका छैनन् ।

यसअघि यो फिल्ममा सुप्रसिद्ध भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर ’अली’समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।

नेपाल र भारतमा खिचिने ’ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । यो फिल्ममा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य कलाकार हुन् । फिल्मको हाल स्कृप्ट लक भएसँगै प्रि–प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए । दशैंपछाडि असोज महिनाबाट फिल्म फ्लोरमा जाने बताइएको छ । यो फिल्मलाई संसारकै ठुलो फिल्म सिटी ’रामोजी स्टुडियो’मा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध