दङ्गाली ढिटो सुरेश पोख्रेल उनी कलाकारिता क्षेत्रका नयाँ आसा लाग्दो र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

दङ्गाली ढिटो सुरेश पोख्रेल उनी कलाकारिता क्षेत्रका नयाँ आसा लाग्दो र "/>

2026-10-10 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी आए देउखुरीका सुरेश पोख्रेल पर्दामा ?

 

दङ्गाली ढिटो सुरेश पोख्रेल उनी कलाकारिता क्षेत्रका नयाँ आसा लाग्दो र जोशिलो अनुहार हो । 

देउखुरीको सिसहनियाँ—५ कमलरोडका पोख्रेल कम्प्युटर एप्लिकेसनमा बीसीए गरेका छन् । प्यूठान जिल्लाको पकला गाविसमा जन्मिएका उनी राम्रो कमाउन कतार हानिए, त्यहाँ बस्दा राम्रै थियो । विस्तारै पोख्रेलको संगत नेपालबाट जाने कलाकारहरूसँग हुन थाल्यो । ’कतारमा नेपालका अधिकांश कलाकारहरु कार्यक्रम प्रस्तुत गर्न जान्छन्, पोख्रेलले भने, ’म कलाकारितामै मोहित भएँ ।’

कमाउने सपना बोकेर मुलुक छोडेका सुरेशलाई कलाकारिताको मोहले नेपाल तान्यो । दुर्गम प्यूठानमा आमा चन्द्रकला र बुवा देवप्रसाद पोख्रेलले कम्प्युटर इन्जिनियर बन भन्दा उनले मानेनन् । विदेश हानिए । ’भित्रैदेखि इच्छा जागे मात्रै जे पनि हुँदो रहेछ, सुरेशले अनुभव सुनाए, ‘म कमाउन गएको केटो कलाकार बन्न बन्छु भन्ने साचेको पनि थिएन् । 

नेपाल फर्कनुअघि नै उनले कतारमै दुई म्युजिक भिडियोमा अभियन गरिसकेको छन् । खाडी मूलक कतारबाट कलाकारिता क्षेत्रमा प्रबेश गरेका सुरेश कतारमै गायक हेमन्त शिशिरको “कसम खाई भन्छु” बोलको गीतको म्युजिक भिडियोमा पहिलो पटक अभियनका गरेका छन् । 

त्यसपछि उनले कतारमै प्रमोद खरेलको “बाचा कसम तोडिदियौ’ बोलको गीतमा गरेको म्युजिक भिडियोले उनलाई यस क्षेत्रमा चिनाइदियो । झट्ट हेर्दा नायक जीवन लुइँटेल जस्ता देखिने सुरेशले आफूलाई सुरेशकै रूपमा चिनाउने सपना बोकेको बताए ।

नेपाल फर्किएपछि उनले स्वरूपराज आचार्यको स्वरमा रहेको गीत ’छुट्यौ भने रुनुपर्ला’ मा निता ढुंगानासँग अभिनय गरे । यसले उनलाई निकै चर्चा दिलायो । ’मैले फर्किएर ठीकै गरेँजस्तो लाग्यो सुरेशले भने । त्यसपछि प्रमोद खरेलको ’मेरो माया’,कृष्ण विश्वकर्मा र कल्पना बीसीको तीज गीत “रातो साडी” लगायत दर्जन गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । 

उनको गीत हर्न थयगतगदभ मा गएर कगचभकज उयपजबचभ िसर्च गरेर “छुट्यौ भने रुनुपर्ला” म्युजिक भिडियो हर्न सकिन्छ भने कगचभकज उयपजबचभ ितभभव कयलन सर्च गरेर “रातो सारी” तीज गीतको म्युजिक भिडियो हर्न सकिन्छ । उनको केही दिनमै थप ४ वटा म्युजिक भिडियो पनि बजारमा आउने तयारी भईरहेको सुरेशले बताए । छायांकनको काम सकाएर रिलिजको तयारीमा रहेको समेत उनले बताए । 

साथै अब उनलाई केही महिनामै ठुलो पर्दामा समेत देख्न सकिने भएको छ । सुरेश अब चलचित्रको ठुलो पर्दामा सह—नायकको भुमिकामा देखिने भएका छन् । दिपेश पाण्डेको नेपाली चलचित्र “भावना” र गणेश गिरीको चलचित्र “पञ्चायत” को सह—नायकको भुमिका केही दिनमै छायांकन शुरु गर्ने सुरेशले बताए । 

दाजु बसन्त पोख्रेलको माया र प्रेरणा तथा कलाकार ओबी राईमाझीको हौसलाले कतारबाटै कलाकारिता क्षेत्रमा प्रबेश गरेको सुरेशले भने । सबैको माया, साथ, सहयोग र प्रेरणा पाए अबका अगामी दिनमा कलाकारिता क्षेत्रमा छुट्टै परिवर्तन तर्फ लाग्ने बताए । यस्तो तरिकाले नेपाली कलाकारिता नटिक्ने बताउँदै उनले सक्षम र सबल कालाकारले मात्र देशमा कलाकारिताको विकास हुने बताए ।  

     कलाकारिता गर्छु भनेर कतारबाट नेपाल फिरेका उनलाई यस क्षेत्रमा पाउन थालेको चर्चा र स्थानले जति हौस्याएको छ, यसको भित्री कथाले भने पिरोल्न थालेको छ । ’कलाकारितामा नाम मात्रै रहेछ, दाम त उल्टै खर्चनु पो पर्ने, उनले भने, ‘यसरी त कसरी जिन्दगी चल्छ र ?’

उनले नेपाली कलाकारितामा मेहनत कम रोमान्स बढी देखेका छन् । ‘यसले कलाकारिता क्षेत्र माथि उठ्न सक्दैन, सुरेशले भने, ‘पुरुष कलाकारले आफैं पैसा हालेर कालकार बन्नुपर्ने बाध्यता छ ।’ 

नेपाली कलाकारिताले ९० प्रतिशत आफूलाई सुधार्न बाँकी रहेको सुझाव दिने सुरेश भन्छन्, ‘कि पैसा खर्चनु पर्ने या त सम्झौता गर्नु पर्ने सोचले क्वालिटीको कलाकारिता कहाँबाट हुन्छ ?’ ‘जीवन सपना र यथार्थ बीचको सत्य हो, हेरौं कहाँ पुग्न सकिन्छ ।’ यही क्षेत्रमा लाग्ने सपना बोकेर कतारबाट आएकाले केही गरेर देखाउने आँट आफूमा भएको उनले बताए । प्रस्तुति: सन्तोषकुमार गुप्ता 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने