2026-10-11 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउड र बलिउड सिनेमाले ओगट्ने मुम्बइका प्रचार बाेर्डमा नेपाल सिनेमा ‘प्रेम गीत ३’ को पोष्टर

साउन १७, काठमाडौं | नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् । 

नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेकाे प्रेम गीत ३ का निर्देशक सन्तोष सेनको दाबी छ । उनी अब भारतका विभिन्न सहरमा नेपालीपन बोकेर नेपाली सिनेमा पुग्ने बाटो खुलेको बताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली स्वाद चखाउने गरी पुग्दैछौँ । मुम्बई सपनाको शहर हो । दिनरात जाग्राम रहने मुम्बई हामीहरूको सपना पूरा गर्ने शहर पनि हो ।’

बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने स्थानमा अहिले नेपाली फिल्म प्रेम गीत ३ ले ओगटेको भन्दा खुसी साटेका छन् । उनले लेखेका छन्, ‘म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली फिल्मको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने बिषय होइन । र, आम नेपालीका लागि ठूलो खुसी र गौरवको कुरा हो ।’

उनले संघर्षका अनेकौं पहाड छिचोल्दै विश्व चलचित्रको समुन्द्रमा हाम फालेको बताएका छन् । आफू र आफ्नो टिमको शाहसका कारण नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुराउने ठुलो जोखिम मोलेका बताएका छन् । 

उनले प्रेम गीत ३ भारतीय बजारमा मात्रै नभएर संसारभरका दर्शकसम्म पुग्दै गरेको जनाएका छन् । उनले भनेका छन्, ‘नेपालकै लोकेसन, नेपालकै कथा, नेपालकै कलाकार, नेपालकै प्राविधिकको वर्षौसम्मको मिहिनेत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा नयाँ मेनुको रुपमा पुग्दैछ । यदि यो सबैको रोजाइमा पर्यो भने हाम्रा परिकार मज्जाले बिक्ने छन् । त्यसको फाइदा हामी सबै जसले नेपाली फिल्ममा काम गरेका छौं, उहांहरूलाई हुने हो ।’

साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेको छ, त्यो सपना पनि हामीले देख्न बेला भएको उनको भनाइ छ । 

बलिउडका फिल्मकर्मी, अग्रज पत्रकार, बलिउड फिल्मका दर्शकबाट मिठो साथ र सपोर्ट पाएको उनको भनाइ छ । आगामी २३ सेप्टेम्बरदेखि यो सिनेमा रिलिज हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध