By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भुवन केसीलाई अन्तिम अवसर
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भुवन केसीलाई अन्तिम अवसर
काठमाडौँ - KTMमनोरञ्जन

भुवन केसीलाई अन्तिम अवसर

साझासवाल
Last updated: August 4, 2022 7:41 am
साझासवाल
5 Min Read
Share

साउन १९, काठमाडौं | भुवन केसी नेपाली फिल्मको सर्वोच्च संस्था मानिने चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । दोस्रोपटकको प्रयासमा नेपाली कांग्रेसको तर्फबाट बोर्ड अध्यक्ष बन्ने सपना उनले पूरा गरेका हुन् । 

गत २० वैशाखमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस प्रवेश गरेपछि उनी बोर्ड अध्यक्ष बन्नेछन् भन्ने चर्चा फिल्मनगरीमा चलेको थियो । बोर्ड अध्यक्ष बन्ने सर्तमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग मौखिक सहमतिमै उनी कांग्रेस प्रवेश गरेका थिए । उनीबाहेक अन्य १० जनाको अन्तर्वार्ता लिइए पनि कसैलाई सर्ट लिस्ट नै नगरी मनोनयन गरियो । मन्त्रिपरिषद् बैठकले भुवनलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेपछि मातहतको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नियुक्ति दिएको हो । 

केसीलाई प्रदेश सभामा लैजाने चर्चा पनि नचलेको होइन । यद्यपि नेताहरूका लागि उनलाई दिन उपयुक्त पद बोर्ड अध्यक्ष नै भएपछि मोटामोटी सहमति गरेर आवेदन दिन लगाइएको हो । चलचित्र क्षेत्रलाई नेपाल सरकारले सम्बोधन गर्ने कार्यकारी निकायको चाबी पाएका केसीले आउँदो दुई वर्षमा के गर्लान् ? हेर्न बाँकी छ । उनको नियुक्तिसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया छ । 

राजनीतिमा भुवन 

भुवन केसी नेपाली फिल्ममा सफल मानिन्छन् । उनले अभिनयसँगै निर्माण र निर्देशनमा पनि आफूलाई सफल बनाए । पछिल्लो समय अभिनयमा सफल हुन नसकेपछि छोरा अनमोल केसीलाई लिएर उनले फिल्म निर्माण गर्दै आएका छन् । भुवन फिल्ममा सफल भए पनि राजनीतिमा भने जम्न सकेनन् । उनले एमालेबाट संविधानसभाको निर्वाचनका लागि पाएको टिकेटसमेत अन्तिममा फिर्ता गर्नुपरेको थियो । 

पार्टीमा माधवकुमार नेपाल निकट मानिएका भुवनले केपी ओली सत्ता र पार्टीको अध्यक्षमा आएपछि लाभको पद लिने प्रयास नगरेका होइनन् । उनले अध्यक्ष बन्न अगाडि पनि प्रयास गरे । यद्यपि पार्वत गुरुङ सञ्चारमन्त्री रहँदा उनको त्यो सपना पूरा भएन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सिफारिसमा उनकै क्षेत्रका दयाराम दाहाल बोर्ड अध्यक्ष बने । 

त्यसपछि असन्तुष्ट बनेका भुवनलाई नेपाली कांग्रेसमा समाजसेवी अनुराधा कोइरालाले ल्याएकी हुन् । उनले नै सभापति देउवासँग कुरा गरेर भुवनलाई बालुवाटारसम्म पु¥याएकी थिइन् । भुवनको कांग्रेस प्रवेशमा नीर शाह पनि थिए । यद्यपि उनको भूमिका स्पष्ट छैन । किनकि बोर्ड नियुक्तिका लागि उनले अन्यलाई पनि सहयोग गर्ने बचन दिएका थिए ।

जे होस् भुवन यसपटक राजनीतिमा सफल भए । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको सहयोगमा उनी बोर्डको बलियो उम्मेदवार बन्न पुगे । आफ्नो स्टारडमको प्रयोग गर्दै अन्यभन्दा आफूलाई बलियो उम्मेदवार बनाए । बोर्ड अध्यक्ष बन्ने सुनिश्चित भएपछि मात्र उनले आवेदन दिएका थिए । नेपाली फिल्ममा ‘अवसरवादी’ चरित्रका मानिने भुवनले आउँदो दिनमा राजनीतिलाई कसरी अगाडि बढाउने छन् ? यो हेर्न बाँकी छ । उमेरले साढे ६ दशक पुग्न लागेका भुवनले पाउने कार्यकारी पद भनेको यही हो । अब उनले राजनीतिबाट मात्र कार्यकारी पद हासिल गर्नसक्नेछ । नेपालमा ६५ वर्ष नाघेपछि सरकारी पदमा अवकाश पाउने भएकाले रिटायर्ड लाइफको संघारमा रहेका भुवनलाई असफल हुने छुट छैन ।

महानायक बन्ने अवसर

सिनेमासम्बन्धी कार्यक्रम चलाउने एक सञ्चारकर्मीले राजेश हमालले महानायकको उपाधि दिए । यसमा भुवन असतुष्ट रहेको कुरा लुकेको छैन । व्यावसायिक रूपमा सफल फिल्म दिएका भुवनले राजेश हमाललाई महानायकको रूपमा स्वीकारेका छैनन् । यद्यपि अहिले भुवन नेपाली फिल्मलाई नेपाल सरकारसँग जोड्ने सर्वोच्च संस्था चलचित्र विकास बोर्डको सर्वोच्च पदमा छन् । उनी दुई वर्ष अध्यक्षको चेयरमा रहनेछन् । उनको स्टारडम र अनुभवले फिल्मकर्मीको लागि हित गर्न सके उनी ‘महानायक’ बन्नेछन् । 

नेपाली फिल्ममा चार दशकको यात्रा तय गरेका भुवनले धेरै समस्यालाई समाधान गर्नु छ । उनले ड्राफ्टमै सीमित चलचित्र नीतिलाई पारित गराएर कार्यान्वयन गर्न सके अहिले नेपाली फिल्म र फिल्मकर्मीले झेलिरहेको धेरै समस्या समधान हुन् सक्छ । हलहरूमा जडान भएको बक्स अफिसको डाटासमेत फरक आइरहेको छ । वितरकले दिने र बक्स अफिसले दिने हिसाबमा किन फरक आइरहेको छ ? उनले यसलाई सुल्झाउनुपर्नेछ । 

निगरानी उपत्यकाभन्दा पनि मोफसलको तराईका हलहरूमा बढाउनु आवश्यक छ । नेपाली फिल्मको प्रदर्शनलाई लिएर बेलाबखतमा आवाज उठ्ने गरेका छन् । घरेलु बक्स अफिसमै नेपाली फिल्मको तुलनामा विदेशीले ग्राहयता पाउने गरेको गुनासो नौलो होइन । स्वयं उनकै छोरा अनमोल केसीले अभिनय गरेको पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनको समयमा भोगेको समस्यालाई उनले कसरी सुल्झाउँछन् ? त्यो हेर्न बाँकी छ । बढ्दो मेकिङ खर्च तर बजार विस्तार हुन नसक्दा पीडा झेलिरहेका निर्माताको उद्धारकर्ता उनी कसरी बन्नेछन् ? त्यो हेर्न बाँकी छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कंगनाले लगाइन् आमिर खानलाई यस्तो आरोप
Next Article तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर

57 years ago
काठमाडौँ - KTMरामेछाप - RMCसाहित्य

मोवाइलमा अल्झिएको प्रेम

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

1 year ago
काठमाडौँ - KTMखेलकुदमुख्य समाचारराजनीति

खेलकुदमन्त्री चौधरीलाई कार्यकर्ताद्वारा पार्टी कार्यालयमै कालो झण्डा

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?