2026-10-11 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामन्थासँग डिभोर्सपछि यस्तो भन्छन् नागा चैतन्य

साउन २५, काठमाडौँ | केही समयअगाडि दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रूथ प्रभुले सम्बन्ध विच्छेद गरे। त्यतिबेला उनीहरूले मित्रताको सम्बन्ध कायम राख्ने बताउँदै वैवाहिक सम्बन्ध टुंगाएका थिए।

करण जोहरको शो ‘कफी विथ करण’ मा सामन्थाले नागा चैतन्यसँग राम्रो सम्बन्ध नरहेको बताएकी थिइन्। उनले दुवैजना एउटै कोठामा भए धारिलो वस्तु लुकाउनु पर्ने समेत बताएकी थिइन् तर नागा चैतन्यले सामन्थासँग अचानक भेट भयो भने हेलो भन्दै अंकमाल गर्ने बताएका छन्।

उनले बलिउड बबलसँग कुराकानी गर्दै भने, ‘सामन्थासँग अचानक भेट भयो भने म हेलो भन्छु र उसलाई अंकमाल गर्छु।’

नागा चैतन्यको दाहिने हातमा एक ट्याटु छ। उनका प्रशंसकहरूले उक्त ट्याटु कपी गर्दै आफ्नो हातमा खोपिरहेका छन् तर नागाले आफ्ना प्रशंसकहरूलाई उक्त ट्याटु कपी नगर्न आग्रह गरेका छन्। उनले आफ्नो विवाहको मिति कोर्डमा लेखेको बताउँदै कपी नगर्न आग्रह गरेका हुन्।

‘मैले यस्तो प्रशंसकहरू पनि भेटेको छु जसले मेरो नामको ट्याटु बनाएका छन्। कतिपयले त मेरो हातको ट्याटु समेत कपी गरेका छन्। उहाँहरूलाई म के भन्न चाहन्छु भने यो कुनै कपी गर्ने चिज होइन। यो मेरो विवाहको मिति हो। त्यसैले यो ट्याटु मेरा प्रशंसकले नबनाउनु भन्ने चाहन्छु। यो देखेर मलाई नराम्रो महसुस हुन्छ किनकी जिन्दगीमा धेरै चिज परिवर्तन हुन्छ। म पनि यस ट्याटुलाई परिवर्तन गर्न सक्छु,’ उनले भने।

उनले तत्काल ट्याटु हटाउनेबारे नसोचेको समेत बताए। 

नागा र सामन्थाको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो। त्यो बेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई मन पराएका थिए।

उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा भने बसेनन्। त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्।

तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। ब्रेकअपपछि नागा र सामन्था केही समय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए तर २ अक्टोबर २०२१ मा उनीहरूले डिभोर्स गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध