दलसिंह गिरी/असोज १७, कालिकोट । जिल्ला पशुसेवा कार्यालय कालिकोटले आज एक कार्यक्रमको आयोजना गरी ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको बार्षिक कार्यक्रम सार्वजनिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असोज १७, कालिकोट । जिल्ला पशुसेवा कार्यालय कालिकोटले आज एक कार्यक्रमको आयोजना गरी ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको बार्षिक कार्यक्रम सार्वजनिक"/>

2026-07-06 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पशुसेवाका लागि ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको कार्यक्रम सार्वजनिक


दलसिंह गिरी/असोज १७, कालिकोट । जिल्ला पशुसेवा कार्यालय कालिकोटले आज एक कार्यक्रमको आयोजना गरी ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । 

जिल्ला पशुसेवा कार्यालयबाट आर्थिक बर्ष २०७३।०७४ मा संचालन हुने बार्षिक कार्यक्रमको सार्वजनिकिकरण गर्दै कार्यालयले ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता, जिल्ला विकास समितिका प्रतिनिधि नरजंग शाहीको अध्यक्षता, जिल्लामा क्रियाशिल राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकाहरुको उपस्थितिमा संचालित कार्यक्रममा बार्षिक कार्यक्रमबारे प्रकास पार्दै जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.ब्रजकिशोर ठाकुरले ६ वटा कार्यक्रमहरु पशु सेवा प्रसार कार्यक्रम, कर्नाली अंचल पशु बिकास आयोजना, कृषि तथा खाद्य सुरक्षा आयोजना, ब्यबसायीक बाख्रा प्रबद्र्धन राष्ट्रिय अभियान कार्यक्रम, पशु आहारा सेवा कार्यक्रम र पशु स्वास्थ्य रोग अन्बेषण सेवा तथा क्वारेन्टाईन कार्यक्रमहरु मार्फत जिल्लामा रहेका पशु ब्यशायीहरुको स्तर उन्नती तथा न्यून आय भएका समुदायहरुलाई पशुपालन ब्यवशाय मार्फत आर्थिक उन्नती बढाउने उद्देश्यले यी कार्यक्रम लागु भएको बताउनु भएको छ ।

प्रस्तुत कार्यक्रमबारे आफ्नो धारणा राख्दै कार्यक्रमका सहभागिहरुले पशुसेवा सम्बन्धी संचालित कार्यक्रम एकदमै महात्वकांक्षि भएकाले यसलाई एउटा औपचारीताको रुपमा मात्र संचालन गर्ने नभै सार्थक र प्रतिफल आउने खालको गतिविधि संचालन कार्यालयलाई गर्न आग्रह गरेका छन् । यसका लागि आआफ्नो क्षेत्रबाट के सहयोग तथा समन्वय गर्न पर्ने हो त्यो गर्न सबै तयार रहेको सहभागिहरुले प्रतिवद्धता समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै